images
images

सोमवार, जेठ ७ गते २०८१

बुटवल उवा संघमा डिलर्स वस्तुगत समिति गठन

बुटवल उवा संघमा डिलर्स वस्तुगत समिति गठन

images
images
images
मंगलवार, भाद्र २९ २०७८
मंगलवार, भाद्र २९ २०७८
  • बुटवल उवा संघमा डिलर्स वस्तुगत समिति गठन

    बुटवल, २९ भदौ ।
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा डिलर्स वस्तुगत समिति गठन गरिएको सोमबार संघमा बसेको व्यवसायीहरुको भेलाले डिलर्स वस्तुगत समिति गठन गरिएको हो । ताराप्रसाद भण्डारीको सभापतित्वमा गठित उक्त वस्तुगत समितिको उपसभापतिमा विनोद निरौला, सचिवमा सन्दिप खनाल र कोषाध्यक्षमा कौषलराज गैरेलाई चयन गरिएको छ ।

    images
    images
    images

    समितिको सदस्यहरुमा विष्णु पाण्डे, चिरञ्जिवी थैव, ज्ञानप्रसाद न्यौपाने, विशाल श्रेष्ठ र उपेन्द्र गौतमलाई चयन गरिएको छ । त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले निजी क्षेत्रको विकास र प्रवद्र्धनको लागि व्यवसायिक एकता अपरिहार्य रहेको बताए । उनले वस्तुगत व्यवसायीका समस्या पहिचान गरेर संघमा जानकारी गराउन आग्रह गर्दै समाधानको लागि संघले पहल गर्ने पनि बताए ।

    संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको समन्वय उक्त समितिका समन्वयकर्ता तथा संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठले गरेका थिए । कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु बसन्तप्रसाद ढकाल, दीपकप्रसाद चापागाई, काशीराम शर्मा पौडेल, जमुना पौडेल लगायत सदस्य व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij