२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

उद्योगहरुसंग समवन्य गरेर उखु किसानको भुक्तानी दिलाउँछु : मन्त्री शाही

शनिवार , भाद्र २६, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल, २६ भदौ । 
    लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्योगहरुसंग समन्वय गरेर उखु किसानको भुक्तानी दिलाउने बताएका छन् । मन्त्री शाहीले किसानहरुले दुःख गरेर उखु उत्पादन गर्ने र सोही उत्पादित उखुहरु चिनी उद्योगहरुले खरिद गरेको भए पनि भुक्तानीको समस्या देखिएकोले उद्योगहरु संग समन्वय गरी भुक्तानी गराउन सहजीकरण गर्ने बताए । 

    शुक्रवार गृह जिल्ला नवलपरासी पुगेका मन्त्री शाहीले उद्योगहरु कोरोना महामारीका कारणले निकै समस्यामा रहेको औँल्याउदै लुम्बिनी प्रदेश सरकारले उद्योगीको समस्या समाधानमा समेत विशेष पहल गर्ने बताएका छन् । उनले प्रदेशभरी विशेष क्षेत्रको पहिचान गरी औद्यौगिक ग्रामहरु निर्माण गर्ने बताउँदै नवलपरासी जिल्लालाई औद्यौगिक ग्राम निर्माणको प्राथमिकतामा राख्ने दावी गरे ।