२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

पहिरोमा पुरिएर अर्घाखाँचीमा दुईवटा भैंसीको मृत्यु

बुधवार , आश्विन ७, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • अर्घाखाँची, ७ असोज ।
    गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ अर्घाखाँचीको मालारानी गाउँपालिकामा दुई वटा भैंसीको मृत्यु भएको छ ।

    गाउँपालिकाको वडा नम्बर ५ लाउर खत्री भन्ने स्थानमा पहिरोमा पुरिएर स्थानीय किसान डबल प्रसाद भुसालका दुई वटा भैंसीको मृत्यु भएको हो । 

    भुसालका अनुसार भैसीहरु टिनले छाएको छाप्रोमा थिए  । छाप्रो पनि पुर्ण रुपमा क्षति भएको छ । यसबाट करिब ३ लाखको क्षति भएको उनले बताए ।