२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पहिरोमा पुरिएर अर्घाखाँचीमा दुईवटा भैंसीको मृत्यु

बुधवार , आश्विन ७, २०७७

अर्घाखाँची, ७ असोज ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ अर्घाखाँचीको मालारानी गाउँपालिकामा दुई वटा भैंसीको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ लाउर खत्री भन्ने स्थानमा पहिरोमा पुरिएर स्थानीय किसान डबल प्रसाद भुसालका दुई वटा भैंसीको मृत्यु भएको हो । 

भुसालका अनुसार भैसीहरु टिनले छाएको छाप्रोमा थिए  । छाप्रो पनि पुर्ण रुपमा क्षति भएको छ । यसबाट करिब ३ लाखको क्षति भएको उनले बताए ।