बुधवार , भाद्र २३, २०७८
भैरहवा, २३ भदौ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही अन्तर्गत इलेक्ट्रिक, इलेक्ट्रोनिक तथा मोबाइल बजार व्यवस्थापन उपसमितिको बैठक तथा छलफल बुधबार सम्पन्न भएको छ । उपसमितिका संयोजक तथा संघका कार्यसमिति सदस्य हरिश सेठियाको अध्यक्षतामा सम्पन्न बैठकमा सहभागि उपसमितिका सदस्यहरुले भैरहवाको मोबाइल बजारलाई व्यवस्थापन गनुपर्ने, मोबाईल तथा इलेक्ट्रिोनिक्सका वस्तुगत मेला गर्नुपर्ने, भैरहवामा गुणस्तरीय विद्युत आपुर्ति नहुँदा व्यवसायमा परेको विषयमा बोलेका थिए । बैठकमा बोल्दै संयोजक सेठियाले छलफलका क्रममा उठेका समस्याहरु समाधानका लागि संघ लागिपर्ने बताए ।
समितिको बैठक तथा छलफलको सहजीकरण संघका महासचिव विजय पाण्डेले गरेका थिए । सो अवसरमा बोल्दै महासचिव पाण्डेले संघको संगठनात्मक व्यवस्था र उपसमिति सदस्यहरुको भूमिकाबारे जानकारी दिएका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij