images

शनिवार, बैशाख १५ गते २०८१

अवैध मटर र पीकअपसहित दुईजना रुपन्देही प्रहरीको नियन्त्रणमा

अवैध मटर र पीकअपसहित दुईजना रुपन्देही प्रहरीको नियन्त्रणमा

images
images
images
बुधवार, भाद्र २३ २०७८
बुधवार, भाद्र २३ २०७८
  • अवैध मटर र पीकअपसहित दुईजना रुपन्देही प्रहरीको नियन्त्रणमा

    भैरहवा, २३ भदौ । 
    प्रहरीले अवैध मटरसहित दुईजनालाई पक्राउ परेको छ । १२ लाख ४० हजार मूल्य बराबरको अवैध मटरसहित पीकअप, कारोबार गर्ने व्यक्ति र चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा मटरको कारोबार गर्ने मुख्य व्यक्ति रुपन्देहीको मर्चवारी गाउँपालिका–१ ३३ वर्षिय हरिशंकर यादव र मर्चवारी–३ का २८ वर्षिय राम रतन यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले रुपन्देहीको कोटहीमाइ गाउँपालिका–५ स्थित दुईमुहानमा लु १ ज ४५१८ नम्बर पिकअपमा नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको ३० क्वीन्टल मटर र पिकअपसहित १२ लाख ४० हजार बराबरको सामान नियन्त्रणमा लिएको हो । अवैध मटरसहित पीकअप, कारोबार गर्ने मुख्य व्यक्ति र चालकलाई नियन्त्रणमा लिइ बुटवलस्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए ।


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij