images

शनिवार, बैशाख १५ गते २०८१

‘कोभिड–१९ का कारण पर्यटन व्यवसाय धरासायी’

‘कोभिड–१९ का कारण पर्यटन व्यवसाय धरासायी’

राहत प्याकेजका कार्यक्रम आउन नसकेको गुनासो

images
images
images
बुधवार, भाद्र २३ २०७८
बुधवार, भाद्र २३ २०७८
  • ‘कोभिड–१९ का कारण पर्यटन व्यवसाय धरासायी’

    भैरहवा, २३ भदौ ।
    उद्योगी–व्यवसायीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपालको पर्यटन व्यवसाय धरासायी भएको बताएका छन् । पर्यटन क्षेत्र प्रभावित हुँदा व्यवसायी सडकमा आउन बाध्य भए पनि सरकारले व्यवसायीका समस्या समाधान गर्न खासै ध्यान नदिएको उनीहरुको गुनासो छ । 

    images

    उद्योग व्यापार संगठन, रुपन्देही लुम्बिनी शाखाको छैठौ साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्ने उद्योगी–व्यवसायीहरुले सबैभन्दा बढी प्रभावित पर्यटन तथा होटल व्यवसायीको समस्या समाधान गर्न स्थानीय सरकारको पनि खासै भूमिका नदेखिएको बताए । मंगलबार लुम्बिनीमा भएको साधारणसभा तथा अधिवेशनमा निजी क्षेत्रका अगुवाहरुले उद्योग व्यवसायलाई अगाडी बढाउन आफूहरुले पहल गरे पनि उठाएका मागहरु पूर्ण रुपमा सम्बोधन हुन नसकेको गुनासो गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले लुम्बिनीको विकासका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । उनले लुम्बिनीको विकासको लागि इमान्दारीका साथ कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । लुम्बिनी क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य खानले पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए । उनले विगतको सरकारले लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि बजेट विनियोजन भए पनि खासै काम हुन नसकेको बताए । ‘संघीय सरकारको मन्त्रीपरिषद्ले पूर्णता पाउनेबित्तिकै निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लिन्छ, विमानस्थलको प्रगतिबारे गृहमन्त्री बालकृष्ण खाँणले पनि चासो लिनुभएको छ, ’उनले भने । बुद्ध जन्मस्थल लुम्बिनीले नै नेपालको आर्थिक समृद्धि सम्भव रहेको उनको भनाइ थियो । लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउने खालका कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।

    त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले कोभिड–१९ का कारण सबैभन्दा मारमा परेका होटल व्यवसायीको समस्या समाधानका लागि आवाज उठाउँदै आएको बताए । उनले उद्योग व्यापार संगठन रुपन्देही लुम्बिनी शाखाको भवनका लागि जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

    उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले संगठनले उद्योगी व्यवसायीका लागि राहत प्याकेजका कार्यक्रम ल्याउन पहल गर्दै आएको बताए । उनले आफूहरुले उठाएका विभिन्न मागमध्ये मौद्रिक नीतिमा केही मागको मात्र सम्बोधन भएको बताए ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलकराम आचार्यले राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने खालका व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । उनले पर्यटकलाई आकर्षित गर्ने खालका योजना तथा कार्यक्रम ल्याउनुपर्ने बताए । लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले स्थानीय सरकार, संघ–संस्था तथा उद्योगी व्यवसायीसंग सहकार्य गर्दै कोष अगाडी बढेको बताए ।

    नागरिक समाज रुपन्देही, लुम्बिनीका अध्यक्ष मेघनाथ आचार्यले आगामी दिनमा उद्योग व्यवसाय फस्टाउँदै जाने विश्वास व्यक्त गरे । 
    उद्योग व्यापार संगठन, रुपन्देही लुम्बिनी शाखाका अध्यक्ष कृष्ण बहादुर गुरुङ (अनिल)ले संगठनको लुम्बिनी शाखामा हाल २७० जना सदस्य आबद्ध रहेको बताए । उनले संगठनले पर्यटन प्रर्बद्धनका लागि महोत्सव आयोजना गर्नुको साथै सामाजिक कार्यहरु समेत गर्दै आएको बताए । अध्यक्ष गुरुङले लुम्बिनीमा होटल व्यवसायीले अरबौको लगानी गरेकोले लगानी सुनिश्चितताका लागि सरकारले विभिन्न राहत प्याकेजका कार्यक्रम ल्याउनुपर्ने बताए । उद्योग व्यापार संगठन, रुपन्देहीका महासचिव अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    अध्यक्षमा पुनः गुरुङ

    IMG_3529.JPG

    यसैबीच उद्योग व्यापार संगठन, रुपन्देही लुम्बिनी शाखाको तेस्रो अधिवेशनले पुनः कृष्ण बहादुर गुरुङ (अनिल)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा मुमताज आलम मुसलमान, अनिल कुमार गुप्ता, सचिवमा खिम श्रेष्ठ, कोषाध्यक्षमा अशोक गुप्ता, सह–सचिवमा सुमित्रा गुप्ता र सह–कोषाध्यक्षमा मिरा सापकोटा रहेका छन् । 

    त्यस्तै कार्यसमिति सदस्यमा भुवन सिंह तामाङ, अनिल घिमिरे, जियाउर रहमान, पंचराम वि.क., भविश्वर रेग्मी, खगिसरा शर्मा, नारायण भुसाल, पिताम्बर क्षेत्री, धिरज गुप्ता, मोहम्मद रमजान, अल्ताफ खान रहेको निर्वाचन अधिकृत नवराज अधिकारीले बताए । 

    त्यसै गरी संगठनको वरिष्ठ सल्लाहकारमा मेघनाथ आचार्य, कानूनी सल्लाहकारमा नवराज अधिकारी, अकरामुद्दीन खान, राजेश भण्डारी, प्रेमचन्द्र श्रीवास्तव, गंगाराम जैसवाल र राम समुझ गुप्ता रहेका छन् । त्यस्तै परामर्श समिति सदस्यमा नैमुल हक मुसलमान, खुर्सेद आलम, धु्रव यादव, चन्द्रकेश गुप्ता र संकल्प राज खनाल रहेका छन् ।

    IMG_3526.JPG

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij