images

शनिवार, बैशाख १५ गते २०८१

भैरहवामा ई–रिक्सा चालक महिलालाई सम्मान 

भैरहवामा ई–रिक्सा चालक महिलालाई सम्मान 

images
images
images
मंगलवार, भाद्र २२ २०७८
मंगलवार, भाद्र २२ २०७८
  • भैरहवामा ई–रिक्सा चालक महिलालाई सम्मान 

    भैरहवा, २२ भदौ ।
    भैरहवा तथा आसपासका क्षेत्रमा रहेका ई–रिक्सा चालक महिलालाई नगद तथा सम्मान–पत्रसहित सम्मान गरिएको छ । लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीले तीजको अवसर पारेर पाँच जना ई–रिक्सा चालक महिलालाई सम्मान गरेको हो । क्लबले सोमबार भैरहवामा आयोजना गरेको तीज विशेष कार्यक्रममा सम्मान गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष मन्जु शर्मा रेग्मीले बताइन् ।

    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले तीज पर्वको अवसर पारेर लायन्स लुम्बिनी क्रियटिभ लेडीले श्रमिक महिलालाई सम्मान गर्नु राम्रो कार्य भएको बताइन् । उनले क्लबको यस्तो राम्रो कामले मन छोएको बताइन् । ‘यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन म आग्रह गर्दछु, ’उपप्रमुख काफ्लेले भनिन् । सिद्धार्थनगर नगरपालिकाले पनि तीजको अवसर पारेर दुईवटा कार्यक्रम सम्पन्न गरिसकेको उनको भनाइ थियो । 

    लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीका संस्थापक अध्यक्ष रचना क्षेत्रीले परिश्रमी महिलालाई क्लबले सम्मान गर्नु प्रशंसनीय रहेको बताइन् । उनले क्लबले स्थापनाकालदेखि नै यस्तो कार्यक्रम गर्दै आएको बताइन् । ‘कोभिड–१९ को जोखिममा पनि लायन्स लुम्बिनी क्रियटिभ लेडीले रक्तदान, खाना वितरण गरेको छ, सेवालाई निरन्तरता दिएका छौं, ’उनले भनिन् ।

    लायन्स क्लब अफ होलिसिटी, सिद्धार्थनगर वर्ष २०२१/२२ का अध्यक्ष राकेश गुरुङले तीजको अवसर पारेर लायन्स लुम्बिनी क्रियटिभ लेडीले रचनात्मक कार्य गरेको बताए ।

    लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीका निवर्तमान अध्यक्ष देवी न्यौपानेले क्लबले सामाजिक कार्यहरुलाई अगाडी बढाएको बताइन् ।
    ई–रिक्सा चालक शारदा गुरुङले सम्मानित हुन पाउँदै खुशीको अनुभुति भएको बताइन् । उनले भनिन्, ‘हाम्रो कोही छैन् जस्तो लाग्थ्यो, चाडपर्वमा क्लबले सम्झियो, अब एक्ले छैनौ भन्ने अनुभुति भयो, काम गर्न थप हौसला प्रदान भएको छ ।’

    लायन्स लुम्बिनी क्रियटिभ लेडीका अध्यक्ष मन्जु शर्मा रेग्मीको अध्यक्षता, कार्यक्रम संयोजक तथा क्लबका सचिव प्रकृति उप्रेतीको स्वागत, मीनाक्षी क्षेत्रीको ध्वजा अभिवादन तथा मनिषा पाण्डे पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_3418.JPG

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij