images

शनिवार, बैशाख १५ गते २०८१

तीनै तहका सरकारले पहिरो नियन्त्रणलाई प्राथमिकता दिनुपर्छ : विष्णु पौडेल

तीनै तहका सरकारले पहिरो नियन्त्रणलाई प्राथमिकता दिनुपर्छ : विष्णु पौडेल

images
images
images
मंगलवार, भाद्र २२ २०७८
मंगलवार, भाद्र २२ २०७८
  • तीनै तहका सरकारले पहिरो नियन्त्रणलाई प्राथमिकता दिनुपर्छ : विष्णु पौडेल

    बुटवल, २२ भदौ । 
    नेकपा एमालेका उपमहासचिव एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल चुरे क्षेत्रमा गएको पहिरो नियन्त्रण गर्न तीनै तहका सरकारलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन । उनले छिट्टो पहिरो नियन्त्रण गर्न र थप क्षति हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराए । 

    images

    सोमबार ज्योतिनगर र लक्ष्मीनगरको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै पौडेलले पहिरोको विषयमा अर्को साता बस्ने संसद बैंठकमा आफूले छलफलको विषय बनाउने बताए । ‘यो पहिरो डरलाग्दो र कहालीलाग्दो छ’ पौडेलले भने, ‘संघ, प्रदेश र स्थानीय सरकारले पहिरो नियन्त्रणलाई प्राथमिकता दिनुपर्छ । यो सार्वजनिक सरोकारको विषय हो । अर्को साता बस्ने संसदको अधिवेशनमा छलफलको विषय बनाउँछु ।’ 

    पौडेलले भने, ‘जुन प्रविधिको प्रयोग गरेर पहिरो नियन्त्रण गर्न सम्भव हुन्छ । त्यो प्रविधि छिटो भन्दा छिटो प्रयोग गरे लक्ष्मीनगर र ज्योतिनगर बस्तीलाई सुरक्षित गर्नुपर्छ । प्राविधिक सहयोग, बजेट र जनशक्तिको यथाशिघ्र गरेर बस्ती र प्रभावित परिवाहरूलाई सबै सरकारले काम गर्नुपर्छ ।’ विस्थापितलाई पुनःस्थापित गर्न सरकार कुनै कसर बाँकी राख्न हुँदैन ।’ पौडेलले आफू पहिरो नियन्त्रण र विस्थापितहरू पुनःस्थापित गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए ।  

    रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद समेत रहेका पौडेलले वातावरण क्षेत्रका प्राविधिकहरूले अध्ययन गरेपछि निष्कर्षको आधारमा प्रतिवेदनका आधारमा काम गर्न आग्रह गरे । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले पहिरो नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन गर्न पौडेलले आग्रह समेत गरे । उनले पहिरो नियन्त्रण र चुरे संरक्षणमा सबै लाग्नु बताए । 

    बुटवल वडा नम्बर ३ र ४ मा पर्ने बुटवलको ज्योतिनगरमा गत साता पहिरो झरेपछि १० घर पूर्ण रूपमा पुरिएका छन् । भने ६६ भन्दा बढी घर पहिरोसहितको लेदो पसेर बस्न नमिल्ने भएका छ । २० वर्ष अगाडि पनि सोही क्षेत्रमा पहिरो जाँदा ५७ घर पुरेको थियो । 

    बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पहिरो नियन्त्रण र थप क्षति हुनबाट जोगाउन निरन्तर काम गरिहेको बताए ।

    पौडेलले बुटवलको पाखापानीको पहिरो र बुटवल–११ बुद्धनगरको तिनाउ नदीले कटान क्षेत्रको पनि निरीक्षण गरेका थिए । पौडेल तीन दिन गृह जिल्लामै रहने कार्यक्रम छ । पहिरो निरीक्षणमा पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पनि सहयागी थिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij