images

शनिवार, बैशाख १५ गते २०८१

सिद्धार्थ उद्योग वाणिज्य संघमा उपसमितिहरुको बैठक

सिद्धार्थ उद्योग वाणिज्य संघमा उपसमितिहरुको बैठक

images
images
images
सोमवार, भाद्र २१ २०७८
सोमवार, भाद्र २१ २०७८
  • सिद्धार्थ उद्योग वाणिज्य संघमा उपसमितिहरुको बैठक

    भैरहवा, २१ भदौ । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही अन्तर्गत विभिन्न उपसमितिहरुको बैठक सोमबार सम्पन्न भएको छ । महिला उद्यमी विकास उपसमितिको बैठक समितिका संयोजक एवं संघका कार्यसमिति सदस्य पल्लवी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।  बैठकमा दर्ता नभई सञ्चालन भएका अनलाइन कारोबार, चर्को घर भाडा, भन्सार नाका कडाइ नहुने, कोरोनाले पारेको प्रभावका कारण सहज रुपमा व्यवसाय गर्न अप्ठ्यारो भएको विषयहरु समाधान गरिनुपर्ने विषयमा छलफल भएको संघका कार्यकारी सचिव आनन्द खनालले बताए । छलफलमा बोल्दै संयोजक न्यौपानेले महिला उद्यमीहरुले उठाएका समस्याहरु समाधानका लागि संघ लागिपर्ने बताइन् ।

    त्यस्तै स्वास्थ्य, वातावरण तथा सरसफाई उपसमितिको बैठक समितिका संयोजक गोपाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ ।  बैठकमा सिद्धार्थनगर बजार सफा र स्वच्छ बनाउने सम्बन्धमा सदस्यलाई तालिमको व्यवस्था, जनचेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्ने, सार्वजनिक शौचालयको व्यवस्थापनको लागि सिद्धार्थनगर नगरपालिकासंग समन्वय गरी अगाडी बढ्नुपर्ने सुझावहरु उपसमिति सदस्यहरुले दिएका थिए । बैठकमा बोल्दै संयोजक भण्डारीले समस्या समाधानको लागि संघले पहल गर्ने बताए ।

    दुवै उपसमितिको बैठक तथा छलफलको सहजीकरण संघका महासचिव विजय पाण्डेले गरेका थिए । बैठकमा बोल्दै महासचिव पाण्डेले संघको संगठनात्मक व्यवस्था र उपसमिति सदस्यहरुरुको भुमिकाबारे जानकारी गराएका थिए ।

    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij