२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

जनमुक्तिद्वारा संविधान पुनर्लेखनको माग गर्दै प्रदर्शन

आइतवार , आश्विन ४, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • बुटवल, ३ असोज । संविधान पुनर्लेखनको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलमा प्रदर्शन गरेको छ । संविधान जारी भएको असोज ३ गतेलाई ‘कालो दिन’को संज्ञा दिंदै पार्टीको प्रदेश ५ समितिले बुटवलको राजमार्ग चौराहामा प्रदर्शन गरेको हो । 

    प्रदर्शनका सहभागीहरुले कालो ब्यानरसहित ‘संविधान पुनर्लेखन गर’, ‘एमसीसी खारेज गर’, ‘असोज ३ कालो दिन’ लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा पार्टीकी केन्द्रीय उपाध्यक्ष कमला थापा मगरले २०७२ को संविधानले २०६३ को अन्तरिम संविधानले आदिवासी जनजाति, मधेशी, दलित, महिलालाई दिएका अधिकार कटौति गरेर विभेद गरेको भन्दै सबैलाई स्वीकार्य बनाउन पुनर्लेखन गर्नुपर्ने माग गरिन् । 

    प्रदेशको सीमांकन पनि संघीयताको मर्म विपरित गरेर आदिवासी–जनजातिलाई कमजोर बनाइएको भन्दै उनले संविधान पुनर्लेखनले मात्रै सबैका माग सम्बोधन गर्ने तर्क गरिन् । कोणसभामा पार्टीका प्रदेश ५ अध्यक्ष झमबहादुर गुरुङ, मगर महासंघका अध्यक्ष छत्र दर्लामी, जनमुक्ति युवा महासंघका प्रदेश अध्यक्ष डीबी थापा, पुर्व सैनिक महासंघका अध्यक्ष भीमबहादुर राना, पार्टीका जिल्ला अध्यक्ष प्रेम थावपामगर, प्रदेश ५ प्रचार विभाग प्रमुख रोशन अस्लामीले संविधानमा असन्तुष्ट पक्षको माग सम्बोधन गर्न माग गरेका थिए ।