images

शुक्रवार, बैशाख १४ गते २०८१

कला क्षेत्रमा युवा पुस्ताको उपस्थिति बढ्दै

कला क्षेत्रमा युवा पुस्ताको उपस्थिति बढ्दै

images
images
images
शनिवार, भाद्र १९ २०७८
शनिवार, भाद्र १९ २०७८
  • कला क्षेत्रमा युवा पुस्ताको उपस्थिति बढ्दै

    रुपन्देही, १९ भदौ ।
    पछिल्लो समय नेपाली चलचित्र तथा कला क्षेत्रमा दोश्रो पुस्ताको उपस्थिति बढ्दो छ । त्यसमा पनि निर्माता तथा कलाकारहरुले आफ्ना सन्तानलाई यस क्षेत्रमा सजिलै ल्याउने गरेका कारण पनि दोस्रो पुस्ताको उपस्थिति बाक्लो छ । निर्माताद्वय दिनेश दर्शनधारी र यसोदा राईले आफ्ना दुई छोरालाई सिने क्षत्रेमा ल्याउँदैछन् । देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फे पहिलो पटक कला क्षेत्रमा पाइला टेक्दैछन् ।

    images

    नेपाली कथानक चलचित्र ‘बागमती’ र ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण गरेका दर्शनधारी र राईले नयाँ चलचित्रको निर्माण सुरु गरेका छन् । दुबै जनालाई छिट्टै ठुलो पर्दाको ल्याउने निर्माताद्वयको तयारी छ । परिवारबाटै यस क्षेत्रमा सहयोग भएको भन्दै राम्रो सफल कलाकारका रुपमा प्रस्तुत हुने उनीहरुको भनाई छ । उनीहरुले मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जस्तो जोडीका रुपमा प्रस्तुत हुने बताए । अहिले दुवै जना व्यवसायिक काममा क्रियाशील रहेका छन् । दुवै जना मोभिल्याण्ड गु्रप अफ कम्पनीको बोर्ड अफ डाइरेक्टरका रुपमा काम गरिहेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij