२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

नेपालगन्ज विमानस्थलबाट ४ किलो सुनसहित २ जना पक्राउ

शनिवार , भाद्र १९, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • बुटवल । बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाण्डौबाट नेपालगञ्ज आएको श्री एअरको जहाजबाट हिजो नेपालगञ्ज आएका झापाका अमिर लगुन बिश्वकर्मा र मोरङका बिश्वमान खाती विमानस्थलबाट पक्राउ परेका हुन् ।
     
    उनीहरुको साथबाट ४ किलो काँचो सुन र अढाई तोला गहना बरामद गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।