२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रेनल्टको नयाँ क्वीड गाडिको बिक्रि सुभारम्भ 

बिहिवार , आश्विन १, २०७७

भैरहवा । फ्रान्सको प्रसिद्ध अटो कम्पनी रेनल्टले निर्माण गरेको नयाँ क्वीड गाडि बजारमा ल्याएको छ । नेपाली बजारमा केहि समय अगाडि मात्र भित्रिएको नयाँ क्वीड गाडिको भैरहवामा सुभारम्भ गरिएको छ । 

रेनल्ट गाडिको भैरहवाका लागि आधिकारिक बिक्रेता भैरहवा अटो कम्पनी प्रालिले उक्त गाडिको सुभारम्भ गर्दै बिक्रि समेत गरेको छ । गाडिको नेपाली बजार मुल्य २४ लाख ९९ हजार रुपैया रहेको कम्पनीका संचालक सुन्दर पाठकले जानकारी दिए ।

उनले उक्त गाडि आम गाडिका पारखिहरुका लागि उपयुक्त रहेको बताउदै बिक्रि पछिको सेवाका लागि कम्पनी कटिबद्ध भएर लागेको समेत बताए । नयाँ क्वीड गाडिले बजारमा आफ्नो बर्चश्व जमाएका गाडिसंग प्रतिस्पर्धा गर्न सक्ने बताउदै सञ्चालक पाठकले गाडिको बिक्रिका हिसावले पनि भैरहवामा नम्बर एक हुने गरी अगाडि बढेको उल्लेख गरे । 

क्वीड १ हजार सिसि, ३ सिलिन्डर बिएस सिक्स पेट्रोल ईन्जीनमा उपलब्ध रहेको छ भने गाडिको ग्राउण्ड किलियरेन्स १८४ एमएम रहेको कम्पनीले जनाएको छ । 

गाडिमा २ वटा एयर व्याग, स्पिड भिडियो प्लेयर कन्ट्रोल सेन्सर, एबियस लगाएतका सुबिधा रहेको कम्पनीका म्यानेजर डार्विन रोका मगरले जानकारी दिए ।