२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

समाचार प्रभाव : क्यान्सर पीडित भण्डारीलाई जुट्न थाल्यो आर्थिक सहयोग 

मंगलवार , भाद्र ३०, २०७७

नवलपरासी । पश्चिम नवलपरासी सुनवल ११ का ४० वर्षीय क्यान्सर रोग पीडित बिष्णु प्रसाद भण्डारीलाई उपचारका लागि सहयोग रकम जुट्न थालेको छ । 

आर्थिक स्थिति निकै कमजोर भएका भण्डारीबारे खबर पात्रोले गत भदौ २२ गते आर्थिक अभावमा जीवनमरणको दोसाँधमा छट्पटिएका क्यान्सरपीडित विष्णु शिर्षकको समाचार लेखेको थियो । 

सोहि समाचार प्रकाशन भएसङ्गै उनको थप उपचारको लागि सहयोग रकम जुट्न थालेको हो । रोजगारका लागि दक्षिण कोरियामा रहेका नेपालीहरुले उनको उपचारका लागि सोमबार ३० हजार ५ सय ६४ रुपैयाँ संकलन गरी खबरपात्रोका नवलपरासी सम्बाददाता जीवन न्यौपानेको ग्लोबल आइएमइ बैंकको खातामा पठाएका थिए । 

सोहि रकम बराबरको चेक मङ्गलबार सुनवल ११ का वडाध्यक्ष देविलाल डुम्रे मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । कोरियाबाट सो रकम संकलनका लागि सुनवल ११ का दिनेश पाण्डे र सुनवल १३ का रेश्मिराज पाण्डेले नेतृत्व गरेका थिए । जस अनुसार नवलपरासीका रेश्मिराज पान्डे, दिवश तिवारी, सुमन चापागाईं, दिनेश पाण्डे, लक्ष्मण डुम्रे, लक्ष्मण बराल, यम प्रसाद सुवेदी, कृष्ण भण्डारी, ईन्द्र कण्डेल, कृष्ण पान्डे, ओम बहादुर दर्लामी, प्रकाश न्यौपाने, गुल्मीका दिवश न्यौपाने, मधुसूदन भण्डारी,  स्याङ्जाका निशान रेग्मी, दोलखाका फुरि शेर्पाले आर्थिक सहयोग गरेका हुन ।

त्यस्तै भण्डारीको उपचारका लागि दुबैमा रहेका नेपालीहरुले पनि रकम संकलन गरी पठाइएका छन । सुनवल ११ का प्रकाश न्यौपानेको नेतृत्वमा दुबईमा रहेका नेपालीहरुबाट १७ हजार ५ सय ४५ रुपैयाँ संकलन गरी सोमबार भण्डारीकि श्रीमती दीपा भण्डारीलाई पठाएका छन ।

गत ६ महिना अघिबाट जिब्रोको क्यान्सर भएका भण्डारीलाई चितवन भरतपुर स्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रेडियो थेरापि माध्यमबाट उपचार भईरहेको थियो । तर बिरामीको नियमित थेरापि गर्नुपर्ने भएतापनि कोभिड १९ का कारण लामोसमय सार्वजनिक यातायातका साधन नचल्दा गाडी रिजर्भ गर्न समेत रकम नहुदा गएको चैत्र यता उनि एक पटक मात्र अस्पताल पुगेका छन ।

उनको असोजको पहिलो साता एमआरआइ गर्नुपर्ने र नियमित रेडियो थेरापि गरिरहनुपर्ने उपचारमा संम्लग्न चिकित्सकले बताएका छन । एक श्रीमती र एक छोरा रहेका भण्डारीको थप उपचारका लागि अझै २ लाख रुपैयाँ आवश्यक रहने परिवारले बताएको छ ।