२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

उद्योगी अनिल जाटियाको ह्दयघातका कारण निधन 

बुधवार , भाद्र १६, २०७८

  • 9.6K
    Shares
  • 9.6K
    Shares
  • भैरहवा। रुपन्देहीका प्रतिष्ठित उद्यागी अनिल जाटियाको निधन भएको छ। जाटियाको गएराति १२ बजे काठमाण्डौमा निधन भएकाे हाे।  उनको ह्दयघातका कारण निधन भएको जनाईएको छ। 

    काठमाण्डौको होटल याक एण्ड यतिमा आयोजित एसियन कङक्रिटोको कार्यक्रम सक्काएर घरमा पुगेर गाडिबाट झर्ने बेलामा एक्कासी सास फेर्न अप्ठ्यारो भएको र ह्दयघाट आएर निधन भएको एसियन कङक्रिटोका सञ्चालक मनिष रुङगाटाले जानकारी दिए।  

    एसियन कङक्रिटोले नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको अबसरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा आएका अतिथिहरु सबैलाई बिदाई गरी घर पुएर गाडिबाट झर्नै लाग्दा एक्कासी हटरट्याक आएको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको सञ्चालक रुङगाटाले जानकारी दिए। 

    सिद्धार्थ उद्योग बाणिज्य संघका एसोसिएट उपाध्यक्ष अरुण गोयनकाले जाटियाको निधनले नेपालकै औद्योगिक क्षेत्रमा ठुलो क्षति पुगेको बताएका छन्। नेपालकै प्रतिष्ठित उद्योग सञ्चालन गर्दै आएका जाटिया निकै सालिन र सरल व्यत्तित्व रहेको गोयनकाले जानकारी दिए।  

    ५९ बर्षिय जाटिया एसियन कङक्रिटो, जगदम्बा सेन्थेटिकका सञ्चालक हुन भने शंकर ग्रुप अन्तरगतका उद्योगहरुमा पाटनर रहेका छन्। 

    उनको बिहान ११ बजे काठमाण्डौ स्थित पशुपति आर्याघाटमा अन्तीम सस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ। जाटियाका श्रीमति र एक छोरा रहेका छन्।