मंगलवार , भाद्र १५, २०७८
भैरहवा, १५ भदौ ।
अविरल वर्षाका कारण बाढी पसेर क्षति पुर्याएका उद्योगहरुमा सिद्धार्थ उद्योग वाणिज्य संघले रुपन्देहीले निरीक्षण गरेको छ । संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको नेतृत्वमा उद्योगमा पुगेको टोलीले उद्योगको अवस्थाबारे जानकारी लिएको संघका कार्यकारी उपसचिव खगेन्द्र शर्माले बताए ।
सोमबार पञ्चकन्या ग्रुप, श्री स्टिल, सिद्धीविनायक एग्रो इण्डष्ट्रीज र श्री जी फुड्स प्रा.लि.को निरीक्षण गरिएको संघका अध्यक्ष भीष्म प्रसाद न्यौपोनेले बताए । प्रारम्भिक रुपमा उद्योगमा बाढी पस्दा करौडौको नोक्सानी भएको छ, ’क्षतिबारे सबै विवरण संकलन भएको छैन, न्यौपानेले भने ।
संघका कार्यकारी उपसचिव शर्माका अनुसार निरीक्षणका क्रममा पञ्चकन्या ग्रुपमा मेशिनहरु बिग्रेको, श्री स्टिल उद्योगमा मेशिनभित्र पानी पसेको, मोबील बगेको, सिद्धीविनायक एग्रो इण्डष्ट्रिजमा धान भिजेको तथा निर्माणाधिन श्री जी फुड्समा राखिएको निर्माण सामग्री बाढीले बगाएको छ । ‘उद्योगमा बाढी पस्दा मेशिन/उपकरण बिग्रेको छ, मेशिन मर्मत तथा पुनः जडान गर्दा उत्पादन कार्य प्रभावित भएको छ, ’शर्माले भने ।




© 2026 All right reserved to khabarpatro.com | Site By : sobij