२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

फर्निचर संघको अधिवेशन तयारी 

सोमवार , भाद्र १४, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • बुटवल, १४ भदौ ।
    बुटवल फर्निचर उद्योग संघको २० औं साधारणसभा तथा ११ औं अधिवेशनको तयारी गरिएको छ ।  संघको सचिवालयमा सोमबार बसेको ११ औ बोर्ड बैठकले कार्तिकमा साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीले वरिष्ठ उपाध्यक्ष तेज प्रसाद पराजुलीलाई संयोजकको जिम्मेवारीसहित अधिवेशनको तयारी गरेको बताए । कोभिड–१९ संक्रमणको कारण फर्निचर उद्योगीहरु समस्यामा परेका उद्योगीको विषयमा सरकार गम्भिर नदेखिएको उनले बताए । संघको वार्षिक कार्ययोजना अन्र्तगत सीप र दक्षता विकास तालिम, लेखा तालिमसहित सामाजिक गतिविधिहरुमा अग्रसर रहेको उनले बताए । 

    बैठकले अधिवेशन सम्पन्न गर्न आर्थिक व्यवस्थापन संघका कोषाध्यक्ष नेत्र रुचाल, खाना व्यवस्थापन गोविन्द पाण्डे, विधान संशोधन तथा पत्रकारिता पुरस्कार वितरण संघका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पाण्डे, अतिथि सत्कार केशव पौडेललाई जिम्मेवारी दिइएको महासचिव अशोक कुवरले बताए । 
    संघका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पाण्डे, सल्लाहकार माधव पौडेल, सल्लाहकार विष्णुकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष तेज प्रसाद पराजुली, द्वितीय उपाध्यक्ष जिवकान्त काफ्ले, सचिव बाल बहादुर गोदारले वर्षाका कारण डुबानमा परेका उद्योगीहरुलाई आवश्यक सहयोग र उद्धारतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्ने बताए । 

    गतवर्ष निरज तिवारीको घिमिरे फर्निचर सेमलार र राज कुमार थापाको कुमार फर्निचर मणिग्राम डुबान पर्दा संघबाट उद्धारको पहल गरिएको थियो । रुपन्देही उद्योग संघको अधिवेशनलाई मध्यनजर गरी फर्निचर व्यवसायीहरुबाट नेतृत्वमा जाने रुपमा अग्रसर हुन सुझाव आएको छ । संघमा हाल २ सय बढी उद्योगीहरु आवद्ध रहेका छन् ।