२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

 दुर्घटनामा परी घाइते भएका भलिबल खेलाडीलाई आर्थिक सहयोग

शनिवार , भाद्र २७, २०७७

बुटवल, २७ भदौ । 
लाफा समुह बुटवलले गतवर्ष दुर्घटनामा परी घाइते भएका भलिबल खेलाडी ओम प्रकाश परियारलाई आर्थिक सहयोग गरेको छ । बुटवलमा रहेर विभिन्न खेलकुद गतिविधिसंगै सामाजिक कार्यमा अग्रसर रहदै आएको लाफा समुह बुटवलले परियारलाई नगद १५ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो ।

पर्वत जिल्ला फलेबास ७ का परियार नेपाल प्रहरीका प्रहरी जवान तथा ब्रेभ गोर्खा युथ क्लब बुटवलका सदस्य समेत हुन ।
गत साल माघ १ गोरखादेखि देवघाटको लागि सुरक्षार्थ खटिएको नेपाल प्रहरीको सवारीसाधन सडक दुर्घटनामा परी नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान तथा कुशल भलिबल खेलाडी ओम परियारको दोस्रो चरणको शल्यक्रियाको लागि समुहले सहयोगार्थ नगद १५ हजार ५ सय रुपैयाँ लाफा समुहका अध्यक्ष तारासिंह रेश्मीले ब्रेभ गोर्खा युथ क्बल बुटवलका महासचिव यमन सलामी र कोषाध्यक्ष राजन कुबरलाई संयुक्त रुपमा हस्तान्तरण गरेको लाफा समुहका संरक्षक बासुदेब लामिछानेले बताए ।

परियारको दुर्घटनामा परी खुट्टा र मेरुदण्ड भांचिएकोले हालसम्म उनको अबस्था त्यस्तै रहेको र उनको दोस्रो चरणको सल्यक्रियाका लागि आर्थिक सहयोग जुटाइरहेको र यसमा साथ दिन सबैमा अनुरोध गरेको ब्रेभ गोर्खा युथ क्बल बुटवलका अध्यक्ष नबिन सारुले बताए ।

युवाहरुलाई एकताबद्ध गरी खेलुकुद र सामाजिक क्षेत्रमा अग्रसर गराउदै आएको लाफा समुह बुटवलले विभिन्न समयमा सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । हाल समुहमा ५० भन्दा धेरै युवाहरुलाइ व्याडमिन्टन प्रशिक्षण दिइरहेको छ । समुहमा सय भन्दा धेरै सदस्यहरु रहेका छन् ।