images

शनिवार, बैशाख ८ गते २०८१

साउनमा दैनिक १२६ आपराधिक घटना

साउनमा दैनिक १२६ आपराधिक घटना

images
images
images
बिहिवार, भाद्र १० २०७८
बिहिवार, भाद्र १० २०७८
  • साउनमा दैनिक १२६ आपराधिक घटना

    काठमाडौं, १० भदौ ।
    चालू आवको साउनमा मलुकभर तीन हजार ९१६ अपराधका घटना भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी सामाजिक अपराधका ८९१, ज्यानसम्बन्धीका ७१८, आत्महत्याका ५०२, चोरीका २९६, संगठित÷आर्थिक अपराधका ५४४, महिला बालबालिका विरुद्ध ४६६, सवारीसम्बन्धी १३२ मुद्दा दर्ता भएको छ । एक महिनाको प्राप्त तथ्यांकअनुसार दैनिक १२६ आपराधिक घटना भएको छ ।

    images
    images
    images

    यसैगरी हातहतियार तथा खरखजानासम्बन्धी २५, बाल यौन दुराचारका २५, अपहरण वा शरीर बन्धकका १४, मानव बेचबिखन तथा ओसारपसारका १७ मुद्दा दर्ता भएको जनाइएको छ । गत साउन महिनामा दर्ता भएका कूल तीन हजार ९१६ आपराधिक घटनामा ४ हजार ९०२ अभियुक्त संलग्न रहेका छन् । अपराधमा संलग्नमध्ये ३ हजार ७१६ पक्राउ परेका छन् । एक हजार १८६ फरार छन् । एक महिनामा अदालतबाट सजाय तोकिएका एक हजार ११९ फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरुबाट जरिवानाबापत रु ११ करोड ३० लाख ४९ हजार असुल भएको छ । एक महिनामा कूल रु ३६ करोड ४७ लाख ६५ हजार राजश्व संकलन भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

    एक महिनामा एक हजार ८१८ सवारी दुर्घटनामा १६० को मृत्यु भएको छ भने ५४० गम्भीर घाइते भएका छन् । औसतमा प्रतिदिन ५८ सवारी दुर्घटना भएको तथ्यांकले देखाएको छ ।

    एक महिनामा कूल ३६१ लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएकोमा ५५६ मानिस पक्राउ परेका छन भने ३३५ किलो गाँजा र १९ किलो चरेश बरामद भएको छ । ५८ हतियार, ९७ राउण्ड गोली र ६ थान म्यागजिन बरामद गरिएको छ । अवैध हातहतियारसहित ३९ जना पक्राउ परेका छन् । साउन महिनामा ४३९ विपद्का घटनामा २३ ले ज्यान गुमाएका छन् भने ६९ जना घाइते भएका छन् । प्रहरी कर्मचारीविरुद्ध ४८ वटा उजुरी दर्ता भएकोमा १३ उजुरी फछ्र्यौट भएका छन् । कूल २०२ प्रहरी कर्मचारी विभागीय कारवाहीमा परेका प्रहरीले जनाएको छ । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij