२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

बुटवल उवासंघमा रेडिमेट फेन्सी वस्तुगत समिति गठन

बिहिवार , भाद्र १०, २०७८

बुटवल, १० भदौ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा रेडिमेट फेन्सी वस्तुगत समिति गठन गरिएको छ । बुधबार वस्तुगत समितिका सदस्यहरुको बैठकले विष्णुप्रसाद पौडेलको सभापतित्वमा उक्त बस्तुगत समिति गठन गरिएको हो । समितिको उपसभापतिमा अरुणकुमार श्रेष्ठ, सचिवमा शंकर ज्ञवाली, कोषाध्यक्षमा सुरज लम्साललाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा दीपकनारायण श्रेष्ठ, विजय ज्ञवाली ईश्वर श्रेष्ठ, युवराज पन्त, रोषनी पाण्डे, संगिता गौचन र गोमा पोखरेल श्रेष्ठलाई चयन गरिएको छ ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले वस्तुगत समितिले पहिचान गरेका समस्या समाधानको लागि संघले पहल र पैरवी गर्ने बताउँदै वस्तुगत समितिलाई क्रियाशिल भएर व्यवसायिक समस्या उजागर गर्न आग्रह गरे । संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमालले वस्तुगत समिति संघको मेरुदण्ड भएको उल्लेख गर्दै संघलाई बलियो बनाउने काम वस्तुगत समितिको भएको बताए ।

बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा भएको भेलाको समन्वय रेडिमेट फेन्सी वस्तुगत समितिका समन्वय कर्ता तथा संघका सचिव मुक्तिप्रसाद अधिकारीले गरेका थिए ।