२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

ग्रामीण विकास लघुवित्तको छैठौं साधारणसभा  

बिहिवार , भाद्र १०, २०७८

बुटवल, १० भदौ । 
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक सधारण सभा सम्पन्न गरेको छ । बुटवलमा प्रधान कार्यालय रहेको लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना जोखिमलाई मध्यनजर गर्दै विद्युतीय÷भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षले संस्थाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो प्रस्ताव माथि छलफल गरी पारित गर्ने निर्णय गरेको छ । यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक वित्तीय विवरण, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण (अनुसूची सहित) उपर छलफल गरी पारित गर्ने पनि निर्णय गरेको हो । सभाले संस्थापन समूह (क) अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित २ जना सञ्चालक चयन गर्ने निर्णय पनि पारित गरेको छ । त्यस्तै, सर्वसाधारण समूह (ख) अन्तरर्गतका शेयरधनीहरुमध्येवाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने निर्णय गरेको छ ।

यसैबीच, छैठौं साधारण सभाबाट आगामी ४ वर्षको लागि संस्थापन र सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने सञ्चालक समिति गठन गरिएको छ । जसको संस्थापक तर्फबाट अध्यक्षमा चण्डीप्रसाद घिमिरे रहेका छन् । यस्तै, संस्थापक सञ्चालकतर्फ सुदीप फुयाल, लेखनाथ भुषाल र शिवहरी दंगाल रहेका छन् । त्यसै गरी सर्वसाधारणतर्फ मनोजकुमार खड्का र भरतराज कोइराला रहेका छन् ।