
आइतवार , भाद्र ६, २०७८
भैरहवा, ६ भदौ ।
भैरहवामा नयाँ व्यवस्थापनका साथ होटल ग्लास्गो इन एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । विगत २०७२ देखि होटल ग्याप एण्ड रेष्टुरेण्ट सञ्चालन गरी होटल व्यवसायमा अनुभव संगालेका युवा मनिष ढकालले सिद्धार्थनगर नगरपालिका–५ स्थित बैंकरोडमा होटल ग्लोस्गो इन सञ्चालनमा ल्याएका हुन् । आइतबार एक कार्यक्रमकाबीच होटलका सञ्चालक मनिषका बुवा दिनेश ढकाल र आमा विमला ढकालले रिवन काटेर होटलको शुभारम्भ गरेका हुन् ।
यस अघि २०७६ चैत १ गतेदेखि होटल शुभारम्भ गर्ने तयारीमा भए पनि चैत ११ गतेदेखि लकडाउन भएका कारण सञ्चालन गर्न नसकेको सञ्चालक ढकालले बताए । करिब १ करोड लगानीमा शुभारम्भ भएको होटलमा एसी ननएसी गरी २० वटा कोठा, २०-३० जना अट्ने बैठक हल, ५० जना क्षमताको फेमिली रेष्टुरेण्टको सुविधा रहेको उनले जानकारी दिए । ‘नन एसी कोठालाई १ हजार र एसी कोठालाई १ हजार ६ सयदेखि २ हजारसम्म शुल्क तोकिएको छ, ’सञ्चालक ढकालले भने । शान्त वातावरणमा रेष्टुरेण्टमा खाना, खाजाको व्यवस्था रहेको उनले बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै होटलमा आउने अतिथिहरुका लागि होटलसम्म ल्याउने र विमानस्थलमा पुर्याउने समेत सुविधा प्रदान गरिने उनले जानकारी दिए । होटलमा १२ जना कर्मचारी कार्यरत रहेको उनले बताए । होटललाई थप अगाडी बढाउन सल्लाह–सुझाव लिइर अघि बढ्ने उनको भनाइ थियो ।
शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष दिपेश पछाईले चुुनौतीपूर्ण अवस्थामा होटल शुभारम्भ भएको र होटलले उत्कृष्ट सेवा दिनुपर्ने बताए । उनले स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकलाई लक्षित गर्नुपर्ने बताए ।
क्लबका उपाध्यक्ष सम्झना शर्माले युवाहरु विदेश पलायन हुने अवस्थामा कुशल होटल सञ्चालकको रुपमा स्थापित भएका मनिष ढकालले पर्यटन क्षेत्रमा समेत योगदान गर्नुभएको बताइन् । उनले होटल ग्लास्गो इन एण्ड रेष्टुरेण्ट सञ्चालनमा आउनु प्रशंसनीय कार्य भएको र सोचे जस्तो सफलता प्राप्त हुने शुभकामना व्यक्त गरिन् । क्लबका कार्यसमिति सदस्य रबिन्द्र प्रताप गुप्ताले बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा विभिन्न होटलहरु स्थापना भइरहेको बताए । उनले होटलले गुणस्तरीय सेवा प्रदान गर्ने र होटल ग्लोस्गो इन एण्ड रेष्टुरेण्ट अधिकांशको रोजाइ बन्न सफल हुने विश्वास व्यक्त गरे ।
युवा समाजसेवी सुमन न्यौपानेले अहिले होटलहरु संकटमा रहेको बेला होटल ग्लास्गो इन एण्ड रेष्टुरेण्ट सञ्चालनमा आउनु महत्वपूर्ण कार्य भएको बताए । लियो क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष अरुण पन्थीले करोडौंको लगानीमा होटल सञ्चालनमा आउनु प्रशंसनीय रहेको बताए । पत्रकार जितेन्द्र चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij