२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

उद्योग व्यापार संघको अध्यक्षमा गैरे 

मंगलवार , भाद्र १, २०७८

बुटवल, १ भदौ । 
उद्योग व्यापार संघ बुटवलको दोस्रो अधिवेशनले गोविन्दराज गैरेको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उद्योग उपाध्यक्षमा विष्णुप्रसाद पाण्डे, वाणिज्य उपाध्यक्षमा लोकनाथ पन्थी, महासचिवमा पदम जीसी,सचिवमा यमलाल मरासिनी, कोषाध्यक्षमा अन्जु पाण्डे र  सह–कोषाध्यक्षमा नम्रता थापा निर्वाचित भएका छन् । 

कार्यसमिति सदस्यहरुमा न्याजुद्दिन मिया, भरत केसी, विष्णु मरासिनी,  देवेन्द्रबहादुर राना, भेषराज अर्याल, नारायणप्रसाद पाण्डे, प्रविण श्रेष्ठ, विनोद खाती, जनेश पन्थी, अर्जुन गिरी, दिपिका क्षेत्री, कोशलराज भण्डारी निर्वाचित भएका छन् । 

गत साउन ९ गते सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीको निवर्तमान अध्यक्ष प्रवीणबहादुर पाठक नेतृत्वको कार्यसमितिले आइतबार पदस्थापन गराएको हो । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश महासचिव खिमनारायण पराजुलीको प्रमुख आतिथ्यतामा भएको पदस्थापन कार्यक्रममा केन्द्रीय सदस्य एवं बुटवलका संस्थापक अध्यक्ष खेम श्रीस, निवर्तमान अध्यक्ष प्रवीणबहादुर पाठक, निर्वाचन आयुक्त दामोदर घिमिरेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।