२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना पक्राउ

सोमवार , श्रावण ३२, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, ३२ साउन ।
    स्रोत नखुलेको रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ वडबलियाका २० वर्षिय विष्णु यादव र सोही स्थानका १९ वर्षिय अनवर मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मा ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लु ४३ प २६५० नम्बरको मोटरसाइकल तथा विष्णु र अनवरको शरीर चेकजाँच गर्ने क्रममा अनवर मुसलमानले हातमा बोकेको प्लाष्टिकको झोलामा स्रोत खुल्न नसकेको १० लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    पक्राउ परेका व्यक्ति, रकम र मोटरसाइकल आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय रुपन्देहीमा पठाइएको डीएसपी थापाले जानकारी दिए ।