२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्यूठानमा जुवा खालबाट जनप्रतिनिधिसहित ७ जना पक्राउ

मंगलवार , भाद्र २३, २०७७

प्यूठान, २३ भदौ । 
प्यूठानमा जुवाको खालबाट एकजना जनप्रतिनिधिसहित ७ जना पक्राउ परेका छन् । विजुवार चोकमा रहेको लालीगुराँस होटलबाट प्रहरीले ७ जनासहित ८५ हजार ५ सय रुपैयाँ नगद र तासका पत्ती बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको टोलीले तास खेलिरहेको अवस्थामा प्यूठान नगरपालीका ४ का वडा सदस्य भेष बहादुर रानासहित ७ जनालाइ पक्राउ गरेको समाचार स्रोतको दावी छ । यस विषयमा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।