images

शनिवार, बैशाख ८ गते २०८१

१८ लाख बराबरको चामल लुटपाट गरी चालकको हत्या गर्ने चारजना पक्राउ

१८ लाख बराबरको चामल लुटपाट गरी चालकको हत्या गर्ने चारजना पक्राउ

images
images
images
मंगलवार, श्रावण २६ २०७८
मंगलवार, श्रावण २६ २०७८
  • १८ लाख बराबरको चामल लुटपाट गरी चालकको हत्या गर्ने चारजना पक्राउ

    भैरहवा, २६ साउन । 
    रुपन्देहीमा १८ लाख मूल्य बराबरको चामल लुटपाट गरी ट्रक चालकको हत्या गर्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का ३० वर्षिय अलि भन्ने सद्धाम कुजडा, सोही स्थानका २७ वर्षिय समिर भन्ने रिजवन अलि मुसलमान, २८ वर्षिय महेश कहार र तनहुँ शुक्लगण्डकी वडा नम्बर १० का २७ वर्षिय सुनिल पौडेल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक  (एसपी) मनोज कुमार केसीले बताए । 

    images
    images
    images

    प्रहरी उपरीक्षक केसीका अनुसार साउन १७ गते युपी ५३ ३८००१४१ नम्बरको ट्रकमा भारतबाट चामल ल्याई नेपाल आएका भारत महाराजगंज ग्राम एकडेगवा टोल बुडवा बस्ने तौफिक अहमद पठान सम्पर्कमा नभएकोले खोजतलास गरी पाउँ भनी रुपन्देहीको रोहिणी गाउँपालिका–२ का सजरुद्धिन खानले साउन २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निवेदन दिएका थिए । कार्यालयमा निवेदन आएपछि प्रहरीले खोजतलास गर्ने क्रममा साउन २० गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ स्थित डण्डा खोलामा पानीमा तैरिएको अवस्थामा वेवारिसे शव फेला पारेको एसपी केसीले जानकारी दिए । 

    ‘मृतकले लगाएको चप्पल, पाइन्ट, हाप भेष्ट समेतको आधारमा शव तौफिक अहमद पठानको रहेको भन्ने सनाखत भई जाहेरी प्राप्त भएपछि घटनास्थलमा शव जाँच मुचुल्का समेतको प्रारिम्भक अनुसन्धान पश्चात घटनामा सद्धाम कुजडासहित ४ जनाले कर्तव्य गरी मारेको भन्ने अनुसन्धानबाट खुल्न आएको छ, ’केसीले भने । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनाको प्रकृति हेर्दा योजनाबद्ध ढंगले गरिएको एसपी केसीले बताए ।

    प्रहरीका अनुसार भारतबाट नेपाल चामल सप्लाई गर्ने व्यवसायी एवं ट्रकधनी नन्दकिशोर यादवले काठमाडौमा रहेका नन्दन नाम गरेका व्यवसायीलाई गत साउन २० गते १८ लाख मुल्य बराबरको चामल पठाएका थिए । चालक भारतीय भए पनि रुपन्देहीमा नै ससुराली भएका कारण उनी चामल लिएर आउने गरेको प्रहरीको भनाइ छ । चामल नेपालतर्फ आउँदैछ भन्ने जानकारी पाएसंगै सद्धाम कुजडाले नन्दनले चामल मगाएको भन्ने कुरा पत्ता लगाएर उनको मोबाइल नम्बर खोजेर दोस्रो व्यवसायीका रुपमा नन्दनसंग पटकपटक मोबाइलमा कुरा गरेको प्रहरीले जनाएको छ । काठमाडौंका व्यवसायी नन्दन र भैरहवाका सद्धामबीच प्रत्यक्ष चिनजान नभए पनि नगद कारोबारमा चामल खरीद गर्ने भन्नेबारे फोनमा कुराकानी भएपछि ट्रक चालकसंग सम्पर्क गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    व्यवसायी नन्दनले चालकलाई भैरहवा भन्सार कार्यालयमा साउन २० गते भन्सारसम्बन्धि सम्पूर्ण काम सकेपछि भन्सार कार्यालयदेखि करीब १ किलोमिटर बाईपास रोडमा आएर सद्धाम, समिर भन्ने रिजवन अलि मुसलमान र महेश चालक तौफिकसंग बसेर संगै मादकपदार्थ सेवन गरेको र राति हिड्दै जाँदा डण्डा खोला नजिक पुगेपछि ईट्टा प्रहार गरी डण्डा खोलामा फालेको खुलेको छ । त्यसपछि ट्रक लिएर नवलपरासीको भुमईमा लगि २ वटा नेपाली ट्रकमा चामल अनलोड गरी भारतीय ट्रकलाई पुनः फर्काएर सुनौलीमा पुर्याइ छाडेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    प्रहरीका अनुसार २ वटा ट्रकमा रहेको चामललाई तनँहुको शुक्लागण्डकी वडा नम्बर १० बस्ने २७ वर्षिय सुनिल पौडेलले अर्को चामलको बोरा तयार गरी नयाँ ब्राण्डको चामल बनाएर विक्री गर्ने जिम्मा लिएका थिए । त्यसका लागि उनीहरुले चामलको बोरा समेत बनाइसकेको प्रहरीको भनाइ छ । प्रहरीले लुटपाट गरिएको चामल तथा हत्या र लुटपाटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij