सोमवार , भाद्र २२, २०७७
भैरहवा, २२ भदौ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति रुपन्देहीले शुल्क उठाउने र भर्ना प्रक्रिया अगाडी बढाउने शैक्षिक संस्थाको अनुगमन गरेर तत्काल कारवाहीको लागि पत्र काट्न माग गरेको छ । नेविसंघले भर्ना लगायतका अन्य बहानामा शुल्क उठाइसकेका शैक्षिक संस्थालाई उक्त रकम अभिभावकलाई फिर्ता गर्न समेत माग गरेको छ ।
सोमबार तिलोत्तमा नगरपालिका, शिक्षा शाखाका प्रमुख गंगाराम आचार्यलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले शिक्षा मन्त्रालयको निर्देशिका अवज्ञा गर्ने शैक्षिक संस्थालाई तत्काल लाइसेन्स खारेजी गर्ने प्रक्रिया अगाडी बढाउनुपर्ने माग गरेको हो ।
वर्ग विभेद हुने गरी शैक्षिक गतिविधि मौलाएको कारण यसलाई तत्काल रोक्न सरोकारवालाको अविलम्ब बैठक बोलाई सो सम्बनधमा उचित निर्णय गर्नुपर्ने नेविसंघ रुपन्देहीका निवर्तमान सभापति सन्तोष डि.सी.ले बताए । नेविसंघले उठाएका मागहरुको वेवास्था गरिए तिलोत्तमा शिक्षा शाखा र शिक्षा कार्यालय रुपन्देहीमा तालाबन्दी गरिने डि.सी.ले चेतावनी दिए ।
‘बारम्बार भर्ना लगायतका गतिविधि र शुल्क नउठाउन आग्रह गर्दागर्दा यस्तो विषम परिस्थितिमा पनि शैक्षिक संस्थाहरुले अनलाइन कक्षा, भनाए लगायतका बहानामा अभिभावहरुलाई बारम्बार फोन गरेर शुल्क तिर्न बाध्य बनाएको हुँदा नेविसंघ रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको छ, उनले भने ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij