२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

अवैध काठसहित गाडी र चालक प्रहरीको नियन्त्रणमा

सोमवार , श्रावण २५, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २५ साउन ।

    रुपन्देही प्रहरीले अवैध काठसहित गाडी र चालक नियन्त्रणमा लिएको छ । अवैध रुपमा सालका काठ चोरी निकासी हुँदैछ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाको कमाण्डमा खटिएको टोलीले उक्त काठ फेला पारेको हो ।

    रुपन्देहीको सैनामैना नगरपालिका–१० मा चेकजाँच गर्ने क्रममा देवदह नगरपालिका–१० का ३१ वर्षिय नवराज पोख्रेलले चलाएको लु २ च ४१३३ नम्बरको छोटाहात्ती गाडीमा ८४ हजार २ सय ४० मूल्य बराबरको ९ गोलिया (५२.६५ क्यू फिट) काठ फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । काठ, गाडी र चालकलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।