२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

गैरकानूनी रुपमा गाईगोरु ओसारपसार गर्ने पाँचजना पक्राउ

बिहिवार , श्रावण २१, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २१ साउन ।

    गैरकानूनी रुपमा गाईगोरु ओसारपसार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक कपिलवस्तुको कपिलवस्तु नगरपालिका–९ कुश्माका २७ वर्षिय दिपक वि.क., सह–चालक वाणगंगा नगरपालिका–९ का २७ वर्षिय अनिल सुनार, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ सुजन्डिहवाका ३२ वर्षिय अजिजुल्लाह मिया, सोही स्थानका २२ वर्षिय अनिस अहमद र लुसनपा–३ पडरियाका १४ वर्षिय सफिक खान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रविन्द्र महतको कमाण्डमा खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लोखडियाबाट ना ६ ख १००३ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा बिना कागजात ३२ वटा गाईगोरु लगिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

    ट्रक, गाईगोरुसहित पाँच जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको र राजस्व रकम ९ लाख २४ हजार कायम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।