images

आइतवार, बैशाख २३ गते २०८१

तिलोत्तमा चेम्बरद्वारा आर्थिक अध्यादेशबारे अन्तरक्रिया

तिलोत्तमा चेम्बरद्वारा आर्थिक अध्यादेशबारे अन्तरक्रिया

images
images
images
सोमवार, श्रावण १८ २०७८
सोमवार, श्रावण १८ २०७८
  • तिलोत्तमा चेम्बरद्वारा आर्थिक अध्यादेशबारे अन्तरक्रिया

    तिलोत्तमा, १८ साउन ।
    तिलोत्तमा चेम्बर अफ कमर्शको आयोजनामा एवं आन्तरिक राजस्व कार्यालय भैरहवाको सहजीकरणमा आर्थिक अध्यादेश २०७८ द्वारा निर्देशित कर नीतिहरुको प्रावधान सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा आर्थिक अध्यादेश २०७८ ले दिएको कर छुट, मूल्य अभिवृद्धि ऐन तथा नियमावलीमा गरेको परिवर्तन, आयकर ऐन तथा नियमावलीमा गरेको परिवर्तन, अन्तशुल्क ऐन तथा नियमावलीमा गरेको परिवर्तन र छुट सुविधा सम्बन्धी कार्यान्वयन लगायतका विषयमा छलफल भएको थियो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै तिलोत्तमा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष झबिन्द्र प्रसाद कंडेलले सबैमा कर छुट सुविधा लिन र सुबिधा सम्बन्धी जानकारी गराउन आग्रह गरेका थिए । संघका अध्यक्ष बाबुलाल भुसालले समग्र रुपमा आर्थिक अध्यादेश २०७८ द्वारा निर्देशित कर नीतिहरुको प्रावधानमा रहेका परिवर्तनहरुको छुट सुबिधा समयमा लिन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई अनुरोध गरेका थिए ।

    कार्यक्रममा अन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्ति आचार्य एवं कर अधिकृत यज्ञ ढकालले राजस्वका विभिन्न नीति नियमका बारेमा जानकारी गराएका थिए । छलफल कार्यक्रममा संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, लेखा समिति संयोजक तथा सदस्यहरु, सल्लाहकार, पूर्व कार्यसमिति सदस्य तथा पुर्व लेखा समिति, कर्मचारी, उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij