images

शुक्रवार, बैशाख २१ गते २०८१

डिष्ट्रिक गभर्नर सम्मान तथा नयाँ क्लब उद्घाटन कार्यक्रम

डिष्ट्रिक गभर्नर सम्मान तथा नयाँ क्लब उद्घाटन कार्यक्रम

images
images
images
आइतवार, श्रावण १७ २०७८
आइतवार, श्रावण १७ २०७८
  • डिष्ट्रिक गभर्नर सम्मान तथा नयाँ क्लब उद्घाटन कार्यक्रम

    भैरहवा, १७ साउन ।
    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको आयोजनामा डिष्ट्रिक गर्भनर सम्मान तथा नयाँ क्लब उद्घाटन कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा लायन्स भैरहवा ग्रीन सिटीको स्पोन्सरसिपमा स्थापना भएका तीन वटा नयाँ क्लबको व्यानर अनावरण गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष गोविन्द प्रसाद गिरीले बताए । मोहित यादवको अध्यक्षतामा  लायन्स क्लब अफ ओमसतिया, चन्द्रकेश गुप्ता (सि.के.)को अध्यक्षतामा लायन्स क्लब अफ लुम्बिनी ग्रीन सिटी र दीपक कुमार पासीको अध्यक्षतामा स्थापना भएको लायन्स क्लब अफ लुम्बिनी मायादेवी ग्रीन सिटीको उद्घाटन गरिएको कार्यक्रम संयोजक कमल रायमाझीले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक गभर्नर राम प्रसाद भट्टलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले भैरहवा क्षेत्रमा लायन्सको विस्तार तीव्र रुपमा भइरहेको कुराले आफू खुशी भएको बताए । उनले अब शहरमा मात्र वृक्षारोपण तथा रक्तदान कार्यक्रम गरेर नहुने भएकाले लायन्सको अभियान गाउँगाउँमा लैजानुपर्नेमा जोड दिए । ‘लायन्सले अवश्य नै समाजमा परेका व्यक्तिहरुलाई केही भए पनि सहयोग गर्छ भन्ने कुरामा समाजमा स्थापित हुँदै गएको छ, त्यसले हाम्रो अभियान गाउँगाउँमा पुग्नुपर्छ, ’उनले भने । डिष्ट्रिक गभर्नर भट्टले लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको बताए । 

    _L5A2482 (2).JPG

     

    लायन्स लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका द्वितीय भाइस गभर्नर नवराज न्यौपानेले छोटो समयमा नै लायन्स भैरहवा ग्रीन सिटीले रचनात्मक कार्यहरु गर्न सफल भएको बताए । उनले ग्रीन सिटीले छोटो अवधिमा नै तीन वटा क्लब स्पोन्सर गर्न समेत सफल भएको बताए । 

    लायन्स भैरहवा ग्रीन सिटीका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले विभिन्न सामाजिक कार्यहरुलाई अगाडी बढाउँदै आएको बताए ।

    लायन्स भैरहवा ग्रीन सिटी वर्ष २०२१/२२ का अध्यक्ष गोविन्द प्रसाद गिरीको अध्यक्षता, कार्यक्रम संयोजक कमल रायमाझीको स्वागत, संगिता जि.सी.को ध्वजा अभिवादन तथा थानेश्वर पाण्डे (प्रकाश) र नरेश केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    IMG_1145.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij