२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

 स्थापना दिवसमा रक्तदान तथा अनाथ आश्रममा खाना

शनिवार , श्रावण १६, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • बुटवल, १६ साउन । 
    लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ प्रधान कार्यालय बुटवलले आफ्नो ८ औं स्थापना दिवस (वार्षिकोत्सव) विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मानव सेवा आश्रममा रहेका अनाथहरुलाई आश्रममै पुगर खाना खुवाउनु का साथै वृहत रक्तदान समेत सम्पन्न गरेको छ । खानाको सम्मान र संरक्षण गर्ने सधै मानव सेवामा अग्रसर भएर काम गर्ने प्रतिवद्धता सो कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । 

    लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ प्रधान कार्यालय बुटवलका अध्यक्ष दिनेश थापाले जहाँ खानाको सम्मान अनि संरक्षण हुन्छ त्यहाँ सदैव लक्ष्मी प्रसन्न भइ सुख र शान्ति मिल्ने बताए । सडकमा एक छाक खान नपाएर छटपटिएको एक मानवलाई आश्रममा ल्याई सेवा गरेको देखेर आफुहरु ठुलो कार्यक्रम गरेर भन्दा एक दिन भए पनि आश्रमका रहेका बुवाआमासँग रमाउनका लागि आश्रमसम्म आएको संघका थापाले बताए ।  

    बुटवलमा रहेको मानव सेवा आश्रममा आश्रित रहेका व्यक्तिहरुलाई खाना खुवाँउदै आफ्नो वार्षिकोत्सव मनाएको कार्यक्रम संस्थाका सहसचिव तथा कार्यक्रम संयोजक सुन्दर थापा मगरले जानकारी दिए । 
    कार्यक्रममा वडा नम्बर ८ टोल विकास समितिका अध्यक्ष पुनम रजाली, मानव सेवा आश्रमकी कोडिनेटर सरु अधिकारी, कार्यक्रम संयोजकद्वय रविन्द्र श्रेष्ठ र सुन्दर थापा मगर लगायतले बोलेका थिए ।   

    देशका १६ जिल्लामा २४ स्थानबाट सेवा प्रदान गर्दै आएको संस्थामा हाल १६ सय ५० भन्दा माथि रहेका छन् । जहाँबालक देखि वृद्धासम्म रहेका अधिकारीको भनाई छ ।   त्यस्तै संघले स्थापना दिवसकै अवशरमा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजित वृहत रक्तदान कार्यक्रममा ४१ युनिट रक्त संकलन गरेको संघका सचिव तथा कार्यक्रम संयोजक रविन्द्र श्रेष्ठले बताए ।