२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

ओभर लोड नियन्त्रणका लागि धर्मकाटालाई संचालन गर्ने निर्णय

शनिवार , श्रावण १६, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल १६ साउन। नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको शनिवार बुटवलमा सम्पन्न विशेष बैठकले ओभर लोड नियन्त्रणका लागि आबश्यक कदम चाल्ने निर्णय गरेको छ। 

    बैठकले लुम्बिनी प्रदेशमा ट्रक यातायात व्यवसायी अन्र्तगत बन्द अवस्थामा रहेका धर्मकाटालाई संचालन गर्ने निर्णय समेत गरेको छ।

    धर्मकाटा संचालन नहुदा स्वदेशी तथा भारतीय मालवहाक सवारी साधनले ओभर लोड ढुवानी गर्दा सडकको अवस्था जिर्ण बनेको र ओभरलोड नियन्त्रण गरि सवै  व्यवसायीका सवारी साधन संचालन हुने पनि बैठकले निर्णय गरेको प्रदेश संयोजक यम प्रसाद पाण्डेले बताए।  

    बैठकले सरकारले हालै समायोजन गरेको ढुवानी भाडालाई व्यवहारमा कार्यान्वन गर्न गराउन सवै यातायात व्यसायीले सहयोग गर्न माग गरेको  पश्चिमाञ्च यातायात व्यवसायी समितिका महासचिव तथा प्रदेशका सल्लाहकार जितबहादुर भाटले बताए। 

    प्रदेश संयोजक यम प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल, लुम्बिनी ट्रक समिति भैरहवा, वाणगंगा यातायात व्यवसायी समिति र राप्ती अञ्चल सम्युक्त यातायात व्यवसायी समितिका पदाधीकारी तथा प्रदेशका पदाधीकारी र सदस्यहरुको सहभागीता रहेको थियो।