२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नव उद्यमी बनाउन एनएमबी बैंकको साथ 

शुक्रवार , भाद्र १९, २०७७

बुटवल, १९ भदौ ।
नयाँ युवा उद्यमी विकास गर्ने गरी नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले आफ्नो कार्य अगाडी बढाएको छ । खास गरी उद्यमी गर्न चाहने व्यक्तिहरुको आर्थिक अभावकै कारण व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा बैंकमार्फत बिउ पुंजी रकम प्रदान गर्ने गरी एनमएमबी बैंक प्रदेश कार्यालयसंग मञ्चले सम्झौता गरेको  छ । 

नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टर र एनएमबी बैंक लिमिटेड ५ नम्बर प्रदेश कार्यालयबीच द्धिपक्षीय समझदारी  भएको छ ।  

सो अवसरमा बोल्दै बैंकका क्लस्टर हेड बिस्टले नव युवा उद्यमीका लागि बिउ पुंजी र फाइनान्सका लागि बैंकले पुलको काम गर्दै उद्यमशीलता  बिकास गर्न बैक सधै अगाडी बढेको र सोहीअनुरुप सम्झौता अगाडी बढ्ने जानकारी दिए । 

त्यस्तै नेपाली युवा उद्यमी मञ्च रुपन्देही अध्यक्ष उमेश अमात्यले अन्तरप्रेरणा प्रा.लि, संस्थासंग युवा उद्यमीहरुलाई व्यक्तित्व विकास, परीक्षण गरिसकेको र युवा उद्यमीले सुरुवात आर्थिक अभावले युवा अगाडि बढनको नसक्ने अवस्था अब सधैंको लागि अन्त्य हुने जानकारी दिए ।  

युवा उद्यमी मञ्च रुपन्देहीका द्धितीय उपाध्यक्ष निरज लाकौलले युवा उद्यमी विकास गर्ने गरी परियोजना सुरुवात भएको जानकारी दिए । प्रथम उपाध्यक्ष प्रदिप शाक्यले सम्झौतामा उल्लेख भए अनुसारको नेपाली नव युवा उद्यमीहरुलाई विउ पुंजी स्वरुप ऋण लगानी गरिने जानकारी दिए । सो कार्यक्रममा अनिस कसौधन लगायतको उपस्थिति रहेको थियो ।