images

शनिवार, बैशाख ८ गते २०८१

बाघको संख्या दोब्बर बनाउने कुरा : हुन्छ त पूरा ? 

बाघको संख्या दोब्बर बनाउने कुरा : हुन्छ त पूरा ? 

images
images
images
बिहिवार, श्रावण १४ २०७८
बिहिवार, श्रावण १४ २०७८
  • बाघको संख्या दोब्बर बनाउने कुरा : हुन्छ त पूरा ? 

    आज जुलाई २९ तारिख अन्तर्राष्ट्रिय बाघ दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । बाघको संरक्षण गर्ने उद्देश्यले सन् २००९ मा काठमाडौंमा आयोजना भएको विश्व बाघ कार्यशाला गोष्ठी र सन २०१० मा थाइल्यान्डमा सम्पन्न मन्त्रीस्तरको बैठकमा जुलाई २९ दिनलाई विश्व बाघ दिवस मनाउने छलफल भएको थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लादिभिर पुटिन र विश्व बंैकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयास र पाटेबाघ पाइने विश्वका विभिन्न १३ देशका राष्ट्र प्रमुखहरुले सन २०१० नोभेम्बर महिनामा रुसको सेन्टपिटर्सबर्गमा सम्पन्न बैठकले हरेक वर्ष जुलाई २९ लाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा ग¥यो । साथै सोही बैठकले सन २०२२ सम्ममा आ–आफ्नो मुलुकमा रहेको बाघको संख्या दोब्बर बनाउने महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतिबद्धता जनायो । नेपालले पनि सो बैठकमा अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ ।                                                                       

    images
    images
    images

    पाटे बाघ प्रकृतिमा पाइने सुन्दर प्रजातीको प्राणी हो । जुन प्रकृतिले निःशुल्क उपहारको रुपमा प्रदान गरेको छ । बाघ सफा सुन्दर वातावरणमा मात्र पाइन्छ । बाघ प्रतिकात्मक प्राणी मात्र नभई सांस्कृतिक ऐतिहासिक महत्व बोकेको प्राणी हो । यसले जैविक प्रणालीलाई सन्तुलनमा राख्न, वातावरणीय सन्तुलन राख्न निकै महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । २० औं शताब्दी अघि बाघ अधिकांश मुलुकमा पाइन्थ्यो भने संख्या पनि लाखौं थियो तर एकदशक अगाडि ९० प्रतिशतले ह्रास हुँदै लोपोन्मुख प्राणीको सूचीमा सूचीकृत हुन पुग्यो । यसरी विश्वबाट नै लोपोन्मुख हुँदै गएकोले बाघलाई संरक्षण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै पाटे बाघ पाइने १३ वटा देशहरुले बाघको संरक्षणका निम्ति संगठित भएका छ्न । सन् २०१६ को तथ्यांक अनुसार सबैभन्दा धेरै भारतमा २ हजार २ सय २६ वटा र सबैभन्दा कम लाओसमा जम्मा २ वटा मात्र बाघ रहेको देखिन्छ । यो प्रजातीको बाघ नेपाल, इन्डोनेशिया, चीन, कम्बोडिया, थाइल्यान्ड, बंगलादेश, भारत, भुटान, मलेसिया, भियतनाम, रसिया, म्यानमार र लाओसमा मात्र पाइन्छ । विश्वभर हाल ३ हजार ८ सय ९० मात्र बाघ रहेको विभिन्न तथ्यांकले देखाएको छ । नेपालमा हरेक पाँच वर्षमा बाघको गणना गर्ने गरिन्छ ।

    सन १९९५ मा नेपालमा जम्मा ९८ बाघ रहेको थियो भने सन् २००० मा १ सय ९, सन् २००५ मा १ सय २६, सन् २००९ मा १ सय २१, सन २०१३ मा १ सय ९८ वटा रहेको थियो । नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता जाहेर गर्दा नेपालमा बाघको संख्या १ सय २१  रहेको थियो । सन २०१८ को गणना अनुसार नेपालको विभिन्न निकुञ्जमा बाघको संख्या २ सय  ३५ पुगेको छ । यसरी बाघको संख्यामा वृद्धि हुनुलाई भने विविध चुनौतीहरुका बीचमा सरोकारवालाहरुको बाघ संरक्षणमा गरेका प्रयास र पहलकदमीहरु उत्साहजनक भएको मान्न सकिन्छ । तर यति प्रयासले हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा भयो भन्न सकिने अवस्था छैन । बाघ दिवस विश्वभरी मनाउने सुरुवातसंगै नेपालले पनि हरेक वर्ष बाघ दिवसलाई उल्लाल्समय तवरले विभिन्न कार्यक्रम गर्दै आएको छ । बाघ संरक्षण दिवस, जनचेतना जगाउने, समन्वय बढाउने, युवाहरुलाई सहभागिता ‘आई लभ टाइगर इज यू’, विद्यार्थीहरुलाई र स्थानीयको सहभागिता र साझेदारहरुको हातेमालो जस्ता थुप्रै कार्यक्रम गरे पनि खासै प्रभावकारी कार्य हुन सकेको छैन भन्न सकिने आधार थुप्रै छन् । जस्तो कि चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी भएकोमा अहिले घटेको छ । ५ वर्षको अवधिमा जम्मा ३७ वटा मात्र थपिएको छ । बाघको संख्या वृद्धिदर संगै मृत्युुदरमा कमि ल्याउन जरुरी देखिन्छ ।

    नेपाललाई जैविक विविधताले साथ दिए पनि बाघको चोरी शिकारी, अवैध व्यापार, वन अतिक्रमण, जनसंख्याको वृद्धि, मानवीय गतिविधि, जलवायूको परिवर्तन, आहार र सिमसारको कमी, घासेमैदान र पानीको श्रोत, आवश्यक वासस्थानको कमी, मानव समुदाय र बाघबीचको द्वन्द्वले गर्दा बाघ संरक्षणमा ठूलो चुनौती खडा भएको छ । पछिल्लो तथ्यांकको आधारमा बाघ संरक्षणका क्षेत्रमा नेपालले आशा लाग्दो उपलब्धी हासिल गरिरहे पनि यी माथिका चुनौतीलाई व्यवस्थित नगर्ने हो भने सन् २०२२ मा नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न कठिन छ । अन्त्यमा नेपालले सन २०१० मा अन्तर्राष्ट्रिय जगतमा प्रतिवद्ध गरेको प्रतिवद्धता पूरा गर्न सकौं । बाघ दिवसको शुभकामना !!

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij