२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

रुपन्देहीमा साढे १४ लाखको अवैध सामान बरामद

आइतवार , श्रावण १०, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, १० साउन । 
    रुपन्देही प्रहरीले साढे १४ लाख बराबरको अवैध सामान बरामद गरेको छ । शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृत समेतको टोलीले रुपन्देहीका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको सामानहरु बरामद गरेको हो । 

    लु २ ख १२९९ नम्बरको बलेरो पिकअप गाडीमा भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको २६ बोरा चिनी, १८ बोरा मटर, विभिन्न किसिमका लत्ताकपडा, हुक्का स्मोक पाईप, हुक्काको अल्मुनियम ग्राईन्डर, हुक्का फेलेबर, हुक्का पाइप, हुक्का पेपर र मिनि हुक्का लगायत गरी १४ लाख ४४ हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । बरामद गरिएको बलेरो पिकअप गाडीसहित सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी थापाले जानकारी दिए ।