images
images

बिहिवार, जेठ ३ गते २०८१

मृगौला उपचारमा रहेकी आयुषालाई आर्थिक सहयोग

मृगौला उपचारमा रहेकी आयुषालाई आर्थिक सहयोग

images
images
images
शनिवार, श्रावण ९ २०७८
शनिवार, श्रावण ९ २०७८
  • मृगौला उपचारमा रहेकी आयुषालाई आर्थिक सहयोग


    बुटवल, ९ साउन ।
    बुटवल कोरा २१ कार्यक्रम आयोजनाबाट संकलन भएको रकम मृगौला उपचारमा रहेकी एक जना युवालाई सहयोग गरिएको छ । काठमाण्डौ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरेर उपचारमा रहेकी रुपन्देही कञ्चन गाउँपालिका वडा नम्बर ५ की २६ वर्षिय आयुषा पाण्डेलाई ४७ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । 

    शनिबार एक समारोहकाबीच कार्यक्रम संयोजक किरण श्रेष्ठ, तिनाउ साईक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङ, बुटवल युनाइटेड साईकल क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, बुटवल साईकल ग्रुपका अध्यक्ष शिवशंकर चौधरी,साईकल सिटीका मनिष पाण्डे, गणेश श्रेष्ठ, अभिषेक भारीले पत्रकार मनोरञ्जन शर्मामार्फत रकम हस्तान्तरण गरेका हुन । ‘हामीले बुटवल कोरा २१ बाट एउटा उदाहरणीय काम गर्न सफल भएका छौ’– संयोजक किरण श्रेष्ठले बताए । युवाहरुलाई साईक्लिङमार्फत एकताबद्घ गराउने र सामाजिक हितमा अग्रसरता अहिलेको आवश्यकता भएको उनले बताए । युवा अवस्थाकी मृगौला समस्या देखिएकी पाण्डेलाई प्रत्यारोपणमा लाग्ने खर्चमा थोरै भए पनि योगदान दिन सफल भएको उनले बताए । 

    संघीय योजना कार्यान्वयन ईकाई कार्यालयमा करारमा सरकारी जागिर सुरु गरेकी उनलाई ३ वर्षअघि मृगौलाको समस्या देखिएको थियो । दैनिकी आर्थिक सहयोग जुटाउने र अस्पतालमा डाईलासिस गराउँदै बित्छ । उपचारकै लागि भैरहवा क्षेत्रका विभिन्न सामाजिक संघ–सस्थाहरुबाट उनलाई करिब ६ लाख रुपैयाँ संकलन भएको उनले बताइन् । मृगौला दाता परिवारकै सदस्य हुँदा केही सहज भएको उनी बताउँछिन । घरको जेठी छोरी भएकाले घर व्यवहार पनि पछिल्लोसमय उनकै कांधमा थियो । बुवा केही समय भारतमा रोजगार थिए । घर व्यवहारमा मद्दत गर्दै आएकी छोरीको बिरामी परेपछि परिवारमा बज्रपात भएको छ । बुवा स्वदेश फर्किएका छन । आर्थिक अवस्था सामान्य रहेको आयुषा करारको जागिरबाट उपचारकै क्रममा लामो बिदा लिइरहन पनि गारो परेको उनी बताउँछिन । धेरै प्रत्यारोपण गरेका र चिकित्सकहरुलाई बुझ्दा १५ लाख भए पुग्ने जानकारी पाएकी उनी केही सहयोग जुटाउन सफल भइन् । आयुषाको उपचारमा सहयोग जुटाउन उनलाई मेघा बैंक भैरहवा शाखाको खाता नम्बर ०२९००५००५८०५५  आयुषा पाण्डे वा नबिल बैंक खाता नम्बर १३१००१७५०५९२० र ई–सेवाबाट ९८६२७२७७७७ मा रकम जम्मा गर्न अनुरोध गरिन् ।


    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij