२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

स्थापना दिवसमा फर्निचर संघद्वारा रक्तदान

शुक्रवार , श्रावण ८, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • बुटवल, ८ साउन ।
    नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सातौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।  बुटवल फर्निचर उद्योग संघ, रुपन्देहीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा संघको सचिवालयमा भएको कार्यक्रममा संघका अध्यक्ष सुरेन्द्र ज्ञवाली, निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डे, सल्लाहकार माधव पौडेल, नरेश कुमार श्रेष्ठ, महासचिव अशोक कुंवरले रक्तसंचार केन्द्रका राधा सुनार, हरि प्रसाद सापकोटालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । 

    संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीले ब्लड बैंकमा रगत अभाव भएको बेला संघको वार्षिक कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको बताए । सामाजिक क्षेत्रमा धेरै काम गर्दै आएको संघमार्फत रक्तदान जस्तो महान काममा अग्रसर रहेको बताए । संघका कार्यसमिति सदस्य तथा संयोजक काशी पोखरेलले ३५ युनिट रगत संकलन भएको बताए ।