images
images

शुक्रवार, जेठ ४ गते २०८१

सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग

सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग

images
images
images
शुक्रवार, श्रावण ८ २०७८
शुक्रवार, श्रावण ८ २०७८
  • सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग

    बुटवल, ८ साउन । 
    नेपालका सीमावर्ती बजारलाई भारतीय सीमावर्ती बजारले अत्याधिक प्रभाव पारेको भन्दै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले सिमानाका कडाई गर्ने गरी नीतिगत व्यवस्था मिलाउन माग गरेको छ । कोरोना महामारीको समयमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुँदा स्थानीय उद्योग व्यबसायमा सकारात्म प्रभाव परेको देखिएकोले सरकारले सिमानाका कडाई गर्ने नीति लिए त्यसले नेपाली बजारमा व्यापार बिस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन र राजश्व असुलीमा समेत बढोत्तरी हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

    images
    images
    images

    भैरहवा आएका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई बिहीबार सांझ ज्ञापनपत्र बुझाउँदै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विभागबाट हुन सक्ने विभागबाटै गरिदिन र नहुने कुराहरु मन्त्रालयमा पहल गरिदिन आग्रह गरे ।

    ज्ञापन पत्र बुझ्दै महानिर्देशक पौडेलले कतिपय कुराहरु फाइल तयार भएर पनि विभागीय मन्त्री नहुँदा मन्त्रालयमा फाइल लैजान नपाएको बताए । विभागबाट हुने कुराहरु विभागले मिलाउने र दुई तीनवटा कार्यालयबाट हुने कुरालाई एकद्वारबाट हुने गरी तयारी भएको जानकारी दिए । उनले एक्जिम कोड एकद्वारबाट गर्न वाणिज्य कार्यालयमार्फत हुने गरी तयारी भएको बताए ।

    संघले बुझाएको ज्ञापन पत्रमा निकासी पैठारी प्रयोजनका लागि व्यवसायीले लिने आयात निर्यात संकेत नम्बर (एक्जिम कोड) को धरौटी लगायत नविकरण गर्ने प्रावधान तथा प्रकृयालाई सरलीकरण गर्न र बैंक सेवा शुल्क न्युनतम गर्न, एक करोड भन्दा बढी पूंजी भएका व्यवसासिक फर्मको दर्ता तथा नविकरण विभागबाट हुँदै आएकोमा स्थानीय वाणिज्य कार्यालयबाट व्यवस्था मिलाउन, साना व्यवसायीहरुको आवश्कयता अनुसार सहज रुपमा सुनचाँदी आपूर्तिको व्यवस्थाका साथै व्यवसायीले ग्राहक तथा सर्वसाधारणबाट खरिद गर्ने सुनचाँदीमा अव्यवहारिक प्रशासनिक झन्झटहरुलाई सहजीकरण गर्न आग्रह गरिएको छ ।

    त्यस्तै उद्योग व्यवसाय फर्म दर्ता तथा बन्द गर्दा जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुको सिफारिसमा मात्र आयकर र मुल्यअभिबृद्ध कर (भ्याट) खारेज गर्ने नीतिगत व्यवस्था मिलाउन, बैंकिंङ ङ्गकारोवार प्रयोजनको लागि धितो स्वरुप हुने रजिष्ट्रेशन शुल्क न्यूनत्तम कायम गरी पूजींको आधारमा हुने व्यवस्था मिलाउन तथा साफ्टा सुविधाअन्तर्गत दक्षिण एशियाली देशबाट सामान पैठारी गर्दा एल.सी.लाई बाध्यकारी नगरी बैंक माध्यम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलायन आग्रह गरिएको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवालाई बोधार्थ लिइएको ज्ञापनपत्रमा व्यवसायिक र औद्योगिक प्रयोजनको लागि प्रयोग हुने सामानहरु ल्याब टेष्टको कारणले भन्सारमा रहँदाको डिमान्ड चार्ज भुक्तानी गर्दा लागत बढ्नसंगै मुल्य पनि बढ्ने भएकोले स्थानीय स्तरमै ल्याब टेष्टको व्यवस्था मिलाउन, कोरोना भाइरस महामारीबाट प्रभावित साना व्यवसायलाई सरलीकृत रुपमा सहुलियतपूर्ण ऋण तथा अनुदानको व्यवस्था मिलाउन र अनौपचारिक क्षेत्रमा रहेका साना व्यवसायलाई समेत दर्ता प्रक्रियामा ल्याई राहतमा समाबेश गर्न आग्रह गरिएको छ ।

    ज्ञापनपत्र बुझाउँदा संघका अध्यक्ष कसजूसहित निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारी, कार्यसमिति सदस्यहरु बसन्त प्रसाद ढकाल, कृष्ण श्रेष्ठ, दीपक चापागाई, संघका कार्यकारी निर्देशक मदन कुमार कार्कीसहितको सहभागिता थियो । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij