images

शुक्रवार, चैत्र १६ गते २०८०

रुपन्देहीमा पाँच फरार प्रतिवादी पक्राउ

रुपन्देहीमा पाँच फरार प्रतिवादी पक्राउ

images
images
images
बिहिवार, श्रावण ७ २०७८
बिहिवार, श्रावण ७ २०७८
  • रुपन्देहीमा पाँच फरार प्रतिवादी पक्राउ

    भैरहवा, ७ साउन ।
    रुपन्देही प्रहरीले पाँचजना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । अदालतको फैसलाबाट सजाय पाएर फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार, बुधबार र बिहीबार उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबर रुपन्देही जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागि बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

    images
    images
    images

    पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भएका रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थायी घर भइ हाल नवलपुर मध्यविन्दु नगरपालिका–१४ बस्ने ५८ वर्षिय पुर्ण बहादुर पाण्डे, बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र १२ लाख जरिवाना भएका पर्वतको कार्कीनेटा–६ स्थायी घर भइ हाल बुटवल–८ बस्ने अशोक कुमार शर्मा, सोही मुद्दामा १५ दिन कैद र १४ लाख जरिवाना सजाय भएका तिलोत्तमा–५ का ४२ वर्षिय एक नारायण अर्याल रहेका छन् ।

    त्यस्तै बैंकिङ कसुर मुद्दामा १० दिन कैद र ३६ लाख जरिवाना भएका बुटवल–१३ का ४६ वर्षिय शिव कुमार रण र लागूऔधष मुद्दामा ५ वर्ष कैद र ५ हजार जरिवाना भएका बुटवल– १३ का विशन राना रहेका छन् । फरार प्रतिवादीहरुलाई वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । 
    जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले रुपन्देही प्रहरीले २०७८ वैशाख १ देखि ‘फरार प्रतिवादीविरुद्धको अपरेशन कार्यक्रम’ सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत जघन्य अपराधमा संलग्न १० वर्ष भन्दा बढी सजाय भएका हालसम्म २२ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको डीएसपी थापाले जानकारी दिए ।



    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij