images

मंगलवार, बैशाख २५ गते २०८१

तिलोत्तमाले दियो आरन व्यवसायीलाई आधुनिक औजार

तिलोत्तमाले दियो आरन व्यवसायीलाई आधुनिक औजार

images
images
images
बुधवार, श्रावण ६ २०७८
बुधवार, श्रावण ६ २०७८
  • तिलोत्तमाले दियो आरन व्यवसायीलाई आधुनिक औजार

    भैरहवा, ६ साउन । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीहरुलाई आधुनिक औजार तथा उपकरणहरु प्रदान गरेको छ । आरन व्यवसाय लोप हुँदै गर्र्दा त्यसको आधुनिकीकरणको लागि नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरु निःशुल्क उपलब्ध गराएको हो । कृषि क्षेत्रसंग प्रत्यक्ष सम्बन्ध राख्ने आरन व्यवसायलाई समयसापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरु उपलब्ध गराएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा बुधबार आठ जना आरन व्यवसायीलाई औजार तथा उपकरणहरु प्रदान गरेको हो । त्यस अवसरमा नगर उप–प्रमुख चौधरीले प्राप्त उपकरणको उपयोग गरी आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न व्यवसायीलाई आग्रह गरिन् ।

    images
    images
    images

    व्यवसायीको मागको आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरुको उत्थान, विकास र सशक्तिकरणका अन्य कार्यक्रमहरु सञ्चालन गरिने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । उनले परम्परागत पेशाको संरक्षणसंगै यो पेशा–व्यवसायबाट पनि पर्याप्त आयआर्जन गर्न सकिने हुँदा यहाँका आरन व्यवसायीलाई नमूनाको रुपमा अघि बढाउन चाहेको बताए ।

    नगरपालिकाले व्यवसायीलाई ड्रिल मेसिन, पंखा, बेल्डिङ मेसिन, गेलेन्डर लगायतका औजार प्रदान गरेको हो । पुर्खौंदेखि आरनको काम गर्दै आए पनि हालसम्म राज्यस्तरबाट कुनै पनि सहयोग प्राप्त नभएको अवस्थामा अहिले नगरपालिकाले औजार तथा उपकरण प्रदान गर्दा आफूहरु निकै उत्साहित भएको वडा नम्बर ११ का कृष्ण बहादुर विश्वकर्माले बताए ।

    कार्यपालिका सदस्य एच. बि. रम्तेलले आधुनिक उपकरण नहुँदा आरन व्यवसाय संकटमा पर्दै गएको पाइएपछि युवाहरुलाई समेत यो पेशामा आकर्षण बढाउन नगरपालिकाले उपकरणमा सहयोग गरेको बताए । एक दशकअघिसम्म प्रायः गाउँमा रहेका आरन व्यवसायीहरु पछिल्लो पटक घट्दै गएका छन् । तिलोत्तमा नगरपालिकामा हाल २० जना आरन व्यवसायमा रहेको अनुमान छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij