images

मंगलवार, बैशाख १८ गते २०८१

लायन्स सिद्धार्थनगर प्रोफेसनलको अध्यक्षमा ऋचा केसी

लायन्स सिद्धार्थनगर प्रोफेसनलको अध्यक्षमा ऋचा केसी

images
images
images
सोमवार, श्रावण ४ २०७८
सोमवार, श्रावण ४ २०७८
  • लायन्स सिद्धार्थनगर प्रोफेसनलको अध्यक्षमा ऋचा केसी

    भैरहवा, ४ असार । 
    लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलका वर्ष २०२१ २२ का अध्यक्ष ऋचा केसी थापाले पदभार ग्रहण गरेकी छन् । उनलाई क्लबका निवर्तमान अध्यक्ष विष्णु गौतमले एक समारोहका बीच र पद हस्तान्तरण गरेका हुन् । पदग्रहण गर्दै अध्यक्ष केसीले वर्ष २०२१÷२०२२ का निम्ति  कार्यसमितिको मनोनयन पनि गरेकी छन् । कार्यसमितिको प्रथम उपाध्यक्षमा अजय कुमार चौधरी, द्वितीय उपाध्यक्षमा एकनारायण अर्याल, तृतीय उपाध्यक्षमा विपिन राज रेग्मी, सचिवमा मोहन खनाल, कोषाध्यक्षमा विवेक अर्याल, अन्य पदाधिकारीहरुमा कालिका लम्साल, लक्ष्मी अग्रहरी, सौरभ शर्मा, सरिता ज्ञवाली, विशाल गुप्ता, हरि प्रसाद न्यौपाने, परिक्षित ज्ञवाली, गणेश भुसाल, डा. नन्द गुरुङ, अर्चना थापा, महेश अर्याल, रामहरी रौनियार, सतिश द्विवेदी, सिर्जना मरासिनी चयन भएका छन् Ι  त्यस्तै क्लबको सल्लाहकारमा तिल कुमारी गुरुङ, रामराज उपाध्याय तथा क्लबका पूर्ण अध्यक्षहरु रहेका छन् ।

    images

    पद हस्तान्तरण समारोहका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डेपुटी सेक्रेटरी तथा सिद्धार्थ साहित्य परिषद्का उपाध्यक्ष विजय पाण्डेले लायन्सलाई विशुद्ध सामाजिक सेवा गर्ने सस्थाको रुपमा हेर्न सकिने बताए । उनले लायन्समा लाग्नेहरु आ–आफ्नो पेशाप्रति पनि उत्तिकै जिम्मेवार भएर समाजमा उदाहरणीय बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थापक अध्यक्ष तथा डिस्ट्रिक ३२५ बी २ नेपालका एओजी अमृत थापाले लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनल सन् २०१५ मा बैंकर्सहरूले स्थापना गरेर अन्य पेशामा लागेका व्यक्तिहरुलाई क्लबमा सहभागी गराउँदै क्लब विस्तार गरेको बताए ।

    क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक अफिसर जीवन घिमिरे, क्लबका पूर्व अध्यक्ष प्रेम सागर अग्रहरी, क्लबका सल्लाहकार तिल कुमारी गुरुङले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij