images
images

आइतवार, जेठ ६ गते २०८१

‘न्यू रेनल्ट काइगर’ सार्वजनिक 

‘न्यू रेनल्ट काइगर’ सार्वजनिक 

images
images
images
आइतवार, श्रावण ३ २०७८
आइतवार, श्रावण ३ २०७८
  • ‘न्यू रेनल्ट काइगर’ सार्वजनिक 

    भैरहवा, ३ साउन ।
    रेनल्टको लागि भैरहवा र यस आसपासको लागि आधिकारिक विक्रेता भैरहवा अटो कम्पनी प्रा.लि.ले ‘न्यू रेनल्ट काइगर’ सार्वजनिक गरेको छ । आइतबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले उक्त नयाँ कार सार्वजनिक गरेको हो ।  यसयुभी वर्गको यो कारको स्पोर्टी लुक रहेको र रेनल्टकै यस अघिका यसयुभी डस्टर र क्याप्चर भन्दा केहि सानो आकारको रहे पनि इन्जिन र शक्तिमा उनिहरु जस्तै रहेका कम्पनीका सर्भिस इञ्जिनियर विरेन्द्र गुप्ताले जानकारी दिए । १ हजार सिसी क्षमता रहेको यो कारको ग्राउण्ड क्लियरेन्स २ सय ५ एमएम रहेको गुप्ताले जनाए । त्यस्तै ४ सय ५ लिटरको बुस्ट स्पेस रहेको उनले बताए । 

    images
    images
    images

    आइतबारदेखि विक्री सुरु भएको यो गाडीको मूल्य २८ लाख ४९ हजार देखि सुरु भइ ३८ लाख १९ हजारसम्म रहेको कम्पनीका सञ्चालक घनश्याम यादवले जनाए । आइतबार एक कार्यक्रमकाबीच सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका उपाध्यक्ष नेत्र प्रसाद आचार्यले लञ्च गरे ।

    सो अवसरमा बोल्दै आचार्यले पछिल्लो समय भैरहवामा अटोमोबाइल कम्पनीहरुले फड्को मारेको बताए । पहिले गाडीहरु लिन परे काठमाडौसम्म धाउनु परेको अवस्था रहेकोमा अहिले त्यो परिस्थिति भने नरहेको उनले बताए  । उनले लुम्बिनी प्रदेशको नाममै अब गाडीहरु दर्ता गर्ने प्रक्रिया अगाडी बढाउन संचालकहरुलाइ आग्रह गरे । देश संघीयतामा गइसके पनि अहिलेसम्म बागमती प्रदेशकै नाममा दर्ता हुँदै आएको पारिपाटी फेर्नुपर्ने उनले बताए । उनले लुम्बिनी प्रदेशलाई चिनाउन लुम्बिनी प्रदेशकै नाममा सवारीसाधन दर्ता गर्नुपर्ने बताए । भैरहवा अटो कम्पनी प्रा.लि.ले थप नयाँ गाडीहरु उपलब्ध गराएर ग्राहकलाई सुविधा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । कम्पनी प्रा.लि.का व्यवस्थापक गणेश थापाले ‘न्यू रेनल्ट काइगर’ ग्राहकको रोजाइमा उत्कृष्ट कार बन्ने विश्वास व्यक्त गरे ।
    भैरहवा अटो कम्पनी प्रा.लि.का सञ्चालक गुरु प्रसाद क्षेत्रीले गाडी चढ्ने ग्राहकको लागि रेनल्ट सफल ब्राण्ड भएको दावी गरे । तीर बहादुर रोकाय (डार्बिन)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij