images
images

आइतवार, जेठ ६ गते २०८१

लायन्स सिद्धार्थनगर लेडी युथद्वारा वृद्धाश्रमलाई सहयोग

लायन्स सिद्धार्थनगर लेडी युथद्वारा वृद्धाश्रमलाई सहयोग

images
images
images
आइतवार, श्रावण ३ २०७८
आइतवार, श्रावण ३ २०७८
  • लायन्स सिद्धार्थनगर लेडी युथद्वारा वृद्धाश्रमलाई सहयोग

    भैरहवा, ३ साउन ।
    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले शनिबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रमलाई सहयोग गरेको हो ।

    images
    images
    images

    वर्ष २०२१/२२ को पहिलो कार्यक्रम अन्तर्गत आश्रमलाई २० हजार रुपैयाँ प्रदान गरिएको क्लबका अध्यक्ष तनु शर्मा कसौधनले बताइन् । उनले आश्रमलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी दिइन् । क्लबले उक्त रकमको चेक एक कार्यक्रमकाबीच आश्रमका अध्यक्ष माया खरेललाई हस्तान्तरण गरिन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक इक्जुकेटिभ चिफ महेशचन्द थापाले सेवाको क्षेत्रमा लायन्सले हात अगाडी बढाएको बताए । उनले लायन्स क्लबहरुले अग्रसरताका साथ सामाजिक कार्यहरु गरेको बताए । ‘हामी सेवा गर्छौं’ भन्ने लायन्सको मूलमन्त्रलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने उनको भनाइ थियो ।

    आश्रमका अध्यक्ष माया खरेलले आर्थिक अभाव भइरहेको बेला लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले आश्रमलाई सहयोग गरेको बताइन् । उनले क्लबले आश्रमको आवश्यकतालाई सम्बोधन गरेको बताइन् । ‘आश्रमको आयस्रोतको रुपमा रहेको ३/४ वटा सटर पनि अहिले सडक निर्माणका क्रममा भत्किएकाले आर्थिक स्रोत जुटाउन समस्या छ, यस्तो अवस्थामा क्लबले आर्थिक सहयोग गर्नु सराहनीय कार्य हो, ’उनले भनिन् ।

    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधनको अध्यक्षता, कार्यक्रम संयोजक नीपा क्षेत्रीको स्वागत, शिल्पा श्रीवास्तवको ध्वजा अभिवादन तथा सचिव रागिनी जैसवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक डेपुटी चिफ रुपमा हिराचन, रिजन चेयरपर्सन अनिता थापा, जोन चेयरपर्सन माया मल्लिक, डिष्ट्रिक प्रोग्राम मेम्बर सुधा कुंवर, लियो क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२१/२२ का अध्यक्ष अनुराग पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij