images

सोमवार, बैशाख १७ गते २०८१

रोट्रयाक्ट सेन्ट्रल लुम्बिनीको अध्यक्षमा विनिता पोखरेल

रोट्रयाक्ट सेन्ट्रल लुम्बिनीको अध्यक्षमा विनिता पोखरेल

images
images
images
शनिवार, श्रावण २ २०७८
शनिवार, श्रावण २ २०७८
  • रोट्रयाक्ट सेन्ट्रल लुम्बिनीको अध्यक्षमा विनिता पोखरेल

    भैरहवा, २ साउन । 
    रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीको पाँचौ पदस्थापन समारोह शुक्रबार भैरहवामा सम्पन्न भएको छ । समारोहमा वर्ष २०२१/२२ को कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन गरिएको थियो । कार्यक्रममा रोटरी क्लब अफ सेन्टल लुम्बिनी वर्ष २०२१/२२ का अध्यक्ष डा. शत्तदल चौधरीले रोट्रयाक्ट क्लब सेन्टल लुम्बिनी वर्ष २०२१/२२ का अध्यक्ष विनिता पोखरेललाई सपथ ग्रहण गराएका थिए । त्यस्तै अध्यक्ष पोखरेलले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएकी थिइन् । 

    images

    क्लबको वर्ष २०२१/२२ को निवर्तमान अध्यक्षमा बाबुराम खनाल (अतित), प्रथम उपाध्यक्षमा आधार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुमित कसौधन, सचिवमा रिया पहारी र कोषाध्यक्षमा मेनुका घिमिरे रहेका छन् । 
    त्यस्तै क्लब सर्भिस डाइरेक्टरमा सुदिप सापकोटा, कम्युनिटी सर्भिस डाइरेक्टरमा समसुद्दीन शेष, प्रोफेसनल सर्भिस डाइरेक्टरमा प्रदिप सापकोटा, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा अस्मिता अधिकारी, एसएपी चेयरमा अर्जुन सिग्देल, रोट्रयाक्ट प्रोमोशन चेयरमा दुर्गा प्रसाद अधिकारी, युथ सर्भिस डाइरेक्टरमा आरती ज्ञवाली, क्लब एडिटरमा पवन सहानी, सर्जेन्ट एट आम्र्समा मीना पराजुली, प्रमुख सल्लाहकारमा विमल सेञ्चुरी, सल्लाहकारमा उपेन्द्र यादव र संस्थापक अध्यक्षमा दिनेश पौडेल रहेका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटान जोन २५ वर्ष २०२१/२२ का एसिसटेन्ट गभर्नर कृष्ण प्रसाद पाण्डेले रोटरी र रोट्रयाक्ट क्लबको मुख्य उद्देश्य विपन्न परिवारको सहयोग गर्ने रहेको बताए । उनले क्लबमा अनुशासनको आवश्यकता रहेकोमा जोड दिए । उनले भने, ‘मानिस असल बन्नुपर्छ, अनि सफल भइन्छ ।’ रोटरी र रोट्रयाक्ट क्लबले काम गर्ने प्लेटफर्म प्रदान गर्ने उनको भनाइ थियो ।
    त्यस्तै रोटरी ३२९२ नेपाल एण्ड भुटान वर्ष २०१२/२२ का डीआरआर इन्भोय पीएचएफ प्रकाश शर्माले रोट्रयाक्ट क्लबमा आबद्ध भइसकेपछि सिस्टमलाई बुझेर अगाडी बढ्नुपर्ने बताए । उनले रोट्रयाक्टबारे बुझ्न आवश्यक रहेकोमा जोड दिए ।

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२१/२२ का अध्यक्ष डा. शत्तदल चौधरीले रोटरी–रोट्रयाक्ट क्लबले सामाजिक काम गर्ने उर्जा प्रदान गर्ने बताए । उनले कोभिड–१९ को विषम परिस्थितिमा रोटरी क्लब सेन्ट्रल लुम्बिनीले फूड बैंक सञ्चालन गरेको बताए । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२०/२१ का अध्यक्ष बाबुराम खनाल (अतित)ले वर्ष २०२१/२२ को टिमले पनि उत्कृष्ट काम गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो कार्यकालमा ३० वटा कार्यक्रम सम्पन्न गरेको जानकारी दिए ।

    रोटरी ३२९२ नेपाल एण्ड भुटान वर्ष २०२०/२१ का एडीएलटी दिनेश अग्रवालले रोट्रयाक्ट क्लब अफ सेन्टल लुम्बिनी राम्रो क्लबको रुपमा स्थापित भएको बताए । उनले यस्ता क्लबलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
    रोट्रयाक्ट क्लब अफ सेन्टल लुम्बिनीका संस्थापक अध्यक्ष दिनेश पौडेलले रोट्रयाक्टको यात्रामा लागेका सम्पूर्ण सदस्यहरुलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे । 

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष विमल सेञ्चुरीले कोभिडका कारण केही कम कार्यक्रमहरु भए पनि समग्रमा रोट्रयाक्ट क्लब सेन्टल लुम्बिनीले राम्रो काम गरेको बताए । क्लबका निवर्तमान अध्यक्ष हिरा बहादुर शाहले रोटरी र रोट्रयाक्ट क्लबले सामाजिक काम गर्न हौसला प्रदान गरेको बताए । रोट्रयाक्ट क्लब अफ सेन्टल लुम्बिनीका पूर्वअध्यक्ष उपेन्द्र यादवले क्लबको अध्यक्षले मात्र नचल्ने भएकोले सम्पूर्ण टिम लाग्नुपर्ने बताए । रोट्रयाक्ट क्लब अफ सेन्टल लुम्बिनी वर्ष २०२१/२२ का अध्यक्ष विनिता पोखरेलले आफ्नो कार्यकालमा रचनात्मक कामहरुलाई अगाडी बढाउन सबैको सहयोग आवश्यक रहेको बताइन् ।





     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij