२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

बिहिवार , आषाढ ३१, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौं, ३१ असार ।
    युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज साँझ शेयर बाँडफाँट गरेको हो ।

    कम्पनीले यही असार २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्येबाट चार हजार ८०८ जनाको दोहोरो आवेदन तथा अन्य कारणबाट ६५ हजार १७५ जना गरी ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ । 

    योग्य आवेदक २१ लाख १२ हजार ७९९ जनामध्येबाट कम्पनीले गोलाप्रथाबाट पाँच लाख ८० हजार ५०० जनालाई न्यूनतम १० कित्ता शेयर पाएको कम्पनीले जनाएको छ । आवेदन दिएकामध्ये १६ लाख दुई हजार २७५ जना आवेदक हात खाली भएका छन् । कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको  थियो । रासस