images

शनिवार, बैशाख २२ गते २०८१

सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढ्यो

सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढ्यो

images
images
images
बुधवार, आषाढ ३० २०७८
बुधवार, आषाढ ३० २०७८
  • सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढ्यो

    बुटवल, ३० असार । 
    यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । गत २९ असारको यातायात व्यवस्था विभागको निर्णय अनुसार साउन १ गतेदेखि लागु हुनेगरि २० देखि २८ प्रतिशतसम्मले भाडा वृद्धि गरिएको छ। यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशतले भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    images
    images
    images

    इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी बैज्ञानिक भाडादर निर्धारण भएको विभागका निर्देशक डा.लोकनाथ भुसालले जानकारी दिए । विभागले आज एक सूचना जारी गरी भाडा वृद्धि सम्बन्धी जानकारी गराएको छ ।

    यसैबीच सार्वजनिक यातायातको भाडा वृद्धि गरिकोमा व्यवसायीहरुले स्वागत गरेका छन् । लामो समयदेखि इन्धनको मुल्य बढे पनि सवारीसाधनको मूल्य नबढाएको भन्दै सरकारसंग बढाउन माग गर्दै आएका यातायात व्यवसायी र संचालकहरुले धन्यवाद दिएका छन् ।

    पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. का अध्यक्ष दधिराम खरेलले सवारीसाधनको भाडा वृद्धिले धरासायीको संघारमा पुगेका यातायात व्यवसायीहरुलाई केही राहत मिलेको बताए ।  विगत लामो समयदेखि यातायात क्षेत्रमा ईन्धन लगाएत अन्य आवश्यक सामग्रीको भारी मुल्यबृद्धि भएपनि भाडा वृद्धि नभएको जानकारी गराउँदै अध्यक्ष खरेलले आफुहरुले उठाउँदै आएको वैज्ञानिक भाडादर कायमको माग पुरा भएको बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij