
सोमवार , आषाढ २८, २०७८
भैरहवा, २८ असार ।
जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद १ लाख ६८ हजार ९ सय ५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–३ का ३६ वर्षिय मोहमद लाडले अन्सारी, सोही स्थानका १८ वर्षिय धर्मेन्द्र भन्ने कम्लेश कुमार यादव, २० वर्षिय विशाल यादव, २६ वर्षिय मोहमद सरिफ जोलहा, २७ वर्षिय सुरज यादव, २० वर्षिय निरज कुमार यादव, २४ वर्षिय संजय जैसवाल, मायादेवी गाउँपालिका–५ का २६ वर्षिइ भगवानदास कुर्मी, सोही स्थानका २६ वर्षिय सोनु मल्लाह, मायादेवी–६ का १८ वर्षिय समिर धुनिया र २९ वर्षिय घनश्याम यादव रहेका छन् ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका विभिन्न क्षेत्रहरुमा हारजित हुने गरी जुवा तास खेल्ने÷खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मझगावा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान १० बजे कोटहीमाई–३ मर्यादपुरस्थित मोहमद लाडले अन्सारीको घरबाट ११ जनालाई पक्राउ गरेको हो । अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा फेला पारी जुवाखालबाट नगद रु. १ लाख ६८ हजार ९ सय ५, विभिन्न कम्पनीका मोबाइल १० थान, तास ३१५ पत्ती र जुवा खेल्न प्रयोग गरेको प्लाष्टिकको बोरा १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जुवा मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको डीएसपी थापाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij