२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

बैंक तथा वित्तीय संस्था बन्द गर्न तिलोत्तमाको आग्रह

मंगलवार , भाद्र १६, २०७७

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा, १६ भदौ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लकडाउनका बेलामा कतिपय बैंक, वित्तीय संस्था, लघुवित्त एवं सहकारी संस्थाले कारोबार गरिरहेको भन्दै बन्द गर्न आग्रह गरेको छ ।

    अनुगमनका क्रममा कतिपय बैंक, वित्तीय संस्था, सहकारी र लघुवित्तले जनशक्ति परिचालन गरी कारोबार गरेको पाइएको भन्दै नगरपालिकाले लकडाउन अवधिभर कारोबार बन्द गर्न आग्रह गरेको हो ।

    नगरपालिकाले सूचना जारी गर्दै जोखिमयुक्त क्षेत्रमा रहेका त्यस्ता संस्थाहरुले गाउँगाउँमा समेत कारोबार गरिरहेको पाइएको भन्दै अर्को सुचना जारी नभएसम्मका लागि कारोबार नगर्न आग्रह गरेको हो । 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माद्वारा जारी सूचनामा विषम परिस्थितिमा आफू सुरक्षित रहन र समाजलाई पनि सुरक्षित राख्न आग्रह गरिएको छ । 

    नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको भदौ १४ गते बसेको बैठकले भदौ २० गते राति १२ बजेसम्म लकडाउन कायम राख्ने निर्णय गरेकोले सो निर्णय पालना गर्न पनि नगरपालिकाले सचेत गराएको छ । 118633036_338590770666758_4456535997342165729_n.jpg