images
images

आइतवार, जेठ ६ गते २०८१

लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको पद हस्तान्तरण

लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको पद हस्तान्तरण

images
images
images
आइतवार, आषाढ २७ २०७८
आइतवार, आषाढ २७ २०७८
  • लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको पद हस्तान्तरण

    बुटवल २६ असार । 
    लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको पहिलो पद हस्तान्तरण तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा एक कार्यक्रमकाबीच वर्ष २०२०÷२१ का अध्यक्ष एवं क्लबका संस्थापक अध्यक्ष भेषराज पोख्रेल (राज) ले वर्ष २०२१/२२ का नवनिर्वाचित अध्यक्ष श्रीधर बस्याललाई पद हस्तान्त्रण गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा प्रमुख अतिथि क्लबको स्पोन्सर क्लब, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका वर्ष २०२१/२२ का अध्यक्ष सन्तोष सिमंगैडा,  विशिष्ट अतिथिम लियो डिष्ट्रिक ३२५ बी २ नेपालका कोषाध्यक्ष गोविन्द बन्जाडे, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका वर्ष २०२०/२१ का अध्यक्ष यदुमणी पोख्रेल, लियो डिष्ट्रिक ३२५ बी २ नेपालका एरिया ४ का चिफ सुमन अधिकारी, लियो डिष्ट्रिक ३२५ बी २ नेपालको एरिया ४ का को–चिफ सन्तोष खरेल,  लगाएतले मन्तब्य राख्दै स्थापनाको छोटो समयमै साथै कोरोना महामारीको यो विकराल अवस्थामा पनि क्लबले स्थापना वर्षमै २२ वटा सामाजिक कार्यक्रम गर्नु साथै लियो डिष्ट्रिकमा पनि छोटो समयमै उच्च पहिचान बनाउनुले आफुहरुलाई क्लबप्रति निकै गर्व महशुस भएको र सबैले उक्त कार्यक्रमहरुको उच्च प्रशंसा समेत गरेको बताएका थिए । 

    त्यसै गरी क्लबले स्थापना वर्षमै यति धेरै सामाजिक क्रियाकलापमा अग्रसर हुनुले क्लबको छुट्टै पहिचान बनाउनुका साथै अन्य क्लबको लागि पनि यो क्लब प्रेरणादायी क्लब बन्नेमा निश्वस्त हुँदै शुभकामना समेत दिएका थिए । 

    पद हस्तान्तरण गर्ने क्रममा क्लबका क्लबका संस्थापक अध्यक्ष पोख्रेलले २०२०/२१ मा गरिएका २२ वटा सामाजिक कार्यहरुको बारेमा संक्षिप्त जानकारी दिएका थिए भने कोषाध्यक्ष सुनिल कुँवरले आम्दानी खर्च विवरण सार्वजनिक गरेका थिए । त्यसै गरी संस्थापक अध्यक्ष पोख्रेलले क्लबलाई यहाँसम्म ल्याउनको लागि साथ र सहयोग गर्नुहुने सम्पूर्ण क्लबका सदस्य लगाएत शुभचिन्तकप्रति धन्यवाद व्यक्त गर्दै क्लबमा उत्कृष्ट काम गर्ने सदस्यलाई अवार्डद्वारा सम्मानित गरिएको थियो । त्यसै गरी सामाजिक कार्यको नेतृत्व गर्ने सदस्यलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो र क्लबका संस्थापक सदस्यलाई संस्थापक सदस्यता प्रमाण–पत्र प्रदान समेत गरिएको थियो । 

    क्लब स्थापना गर्न, गतिशिल बनाउन र क्लबका हरेक कार्यमा साथ सहयोग गर्नुहुने लायन्स र लियोका केही अग्रज व्यक्तित्वलाई सम्मान–पत्र द्वारा सम्मानित गरिएको थियो ।

    कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रीधर बस्यालले क्लबलाई आफ्नो कार्यकालमा अझ गतिशिल बनाउनमा कुन ैपनि कसर बाँकी नराख्ने बताए । उनले स्थापना वर्षमा भन्दा पनि धरै रचनात्मक कार्यहरु गदै क्लबको उचाईलाई थप माथि उठाउने प्रतिवद्धता ब्यक्त गदै सम्पूर्ण सदस्य साथीहरुलाइ अझ क्रियाशिल भइ काम गर्न समेत आग्रह गरेका थिए ।

    कार्यक्रममा क्लबका संस्थापक अध्यक्षे भेषराज पोख्रेल (राज) ले पहिलो सेसनको अध्यक्षता गरेका थिए र पद हस्तान्तरण पश्चात नवनिर्वाचित अध्यक्ष श्रीधर बस्यालले दोस्रो सेसनको अध्यक्षता गरेका थिए र कार्यक्रमको सञ्चालन मिडिया डाइरेक्टर जिवन थापा क्षेत्री र नव नर्वाचित सचिव महेश ज्ञवालीले गरेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij